तमोर नदीले बगाएर युवक बेपत्ता

तमोर नदीले बगाएर युवक बेपत्ता

धनकुटा । तमोर नदीले बगाएर धनकुटाका एक युवक बेपत्ता भएका छन् । बेपत्ता हुँनेमा धनकुटा नगरपालिका–८ चुलिवनका २० बर्षीय सोच कुमार राई छन् । बुधवार अपरान्ह पौने ५ बजे मुलघाट स्थित तमोर नदीमा साथीहरुसंग पौडी खेल्ने क्रममा राईलाई नदीले बगाएको प्रहरीले जनाएको छ । प्रहरी र आफन्तले नदीमा उनको खोजी जारी राखेका छन् । तर, हालसम्म पनि फेला नपरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
२०७६ कात्तिक २८ गते बिहिबारको राशिफल

२०७६ कात्तिक २८ गते बिहिबारको राशिफल

वि.सं. २०७६ कात्तिक २८। बिहीबार। इ.स. २०१९ नोभेम्बर १४।ने.सं. ११४० कछलागा। मार्ग कृष्णपक्ष। द्वितीया, १९:५३ उप्रान्त तृतीया। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अर्थ उपार्जनका विभिन्न स्रोतहरू फेला पर्नेछन्। समाजमा आफ्नो प्रभाव बढ्न सक्छ। तर अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। अध्ययन र व्यापारमा सोचेजस्तो प्रगति नहुन सक्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मिहिनेत ...
धनकुटाका आठपहरियालाई वाडाङमेटको रौनक

धनकुटाका आठपहरियालाई वाडाङमेटको रौनक

धनकुटा । मुख्यगरी धनकुटामा बसोबास गर्दै आएका आठपहरिया जातिको महान चाड वाडाङमेट सुरु भएको छ । धनकुटा नगरपालिका क्षेत्रलाई उद्गम स्थल मान्दै आएका अल्पसंख्यक आठपहरियाहरु अहिले वाडाङमेट (मंसिरे चाड) को रमझममा छन् । आठपहरिया जातिले १५ दिनसम्म धुमधामपूर्वक वाडाङमेट मनाउँने गर्छन् । यो चाडको अवसरमा पुत्र लाभ भएको परिवारमा बराहमाङ र मार्गाहामाङलाई साक्षी राखेर दिर्घायूको कामना गर्दै जन्मोत्सवलाई हर्ष ब...
पाख्रीवासका बिद्यार्थी सडकमा : सिमा मिचेको बिरोधमा गुञ्जियो ‘गो व्याक इण्डिया’ को नारा

पाख्रीवासका बिद्यार्थी सडकमा : सिमा मिचेको बिरोधमा गुञ्जियो ‘गो व्याक इण्डिया’ को नारा

धनकुटा । भारतले गरेको सिमा अतिक्रमणको बिरोध गर्दै धनकुटाको पाख्रीवासका बिद्यार्थीहरु सडकमा उत्रिएका छन् । स्वतन्त्र बिद्यार्थी यूनियन जालपादेवी क्याम्पसको अगुवाईमा पाख्रीवासका नीजि तथा सरकारी बिद्यालयका बिद्यार्थीहरु सडकमा उत्रिएर सिमा अतिक्रमणको चर्को बिरोध गरेका हुन् । नेपाली भूमी कालापानी र लिपुलेकलाई भारतीय नक्सामा समावेश गरिएको बिरोधमा बिद्यार्थीहरुले पाख्रीवास बजारमा प्रदर्शनसहित कोणसभा प...
धनकुटामा ५ सय शैयाको शिक्षण अस्पताल बनाउँँन तीन ठाउँको जग्गा सिफारिस

धनकुटामा ५ सय शैयाको शिक्षण अस्पताल बनाउँँन तीन ठाउँको जग्गा सिफारिस

धनकुटा । धनकुटामा ५ सय शैयाको शिक्षण अस्पताल निर्माणका लागि जग्गा सिफारिस गरिएको छ । एक नम्बर प्रदेश सरकारले निर्माण गर्न लागेको शिक्षण अस्पतालका लागि जिल्ला सदरमुकामको तीन स्थानको जग्गा सिफारिस गरिएको हो । धनकुटामा शिक्षण अस्पताल सञ्चालनका लागि प्रदेश सरकारले आर्थिक बर्ष २०७६/०७७ को बजेटमा ४ करोड छुट्याएको छ । त्यसपश्चात सामाजिक बिकास मन्त्रालयले अस्पतालका लागि जग्गा उपलब्ध गराउँन जिल्ला प्रशा...
२०७६ कात्तिक २७ गते बुधबारको राशिफल

२०७६ कात्तिक २७ गते बुधबारको राशिफल

वि.सं. २०७६ कात्तिक २७। बुधबार। इ.स. २०१९ नोभेम्बर १३। ने.सं. ११४० कछलागा। मार्ग कृष्णपक्ष। प्रतिपदा, १९:४४ उप्रान्त द्वितीया। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अरूको भरपर्दा आफ्नो काम प्रभावकारी काम नहुन सक्छ। परिबन्धले समस्या निम्त्याउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला। आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला। मानसम्मानमा बाधा पुग्ने हुँदा बोली-व्यवहारमा सजग रहनुहो...
नोबेलमा लगाएको कृत्रिम आँखा दुरुस्तै : बिरामी मख्ख, देख्ने छक्क

नोबेलमा लगाएको कृत्रिम आँखा दुरुस्तै : बिरामी मख्ख, देख्ने छक्क

बिराटनगर । बिराटनगरको घिनाघाटकी बबिता सरदार १६ बर्ष अघिदेखि एक आँखाको भरमा छिन् । पाँच बर्षकै उमेरमा देब्रे आँखा गुमाएकी उनले दाहिने आँखाले हेर्ने गर्छिन् । २१ बर्षीया सरदारलाई दुई आँखाले हेर्न नपाउँदाको समस्या जति छ, त्यत्तिनै एउटा आँखा नभएर अनुहारको स्वरुप बिग्रदाको पीडा थियो । तर, अहिले उनको यो पीडा हटेको छ । बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा कृत्रिम आँखा लगाएपछि उनको अनुहारमा अहिले कुनै...
धनकुटामा भारत बिरुद्ध प्रदर्शन, नेपाली भूमि मिचिदा युवाले पोखे आक्रोस

धनकुटामा भारत बिरुद्ध प्रदर्शन, नेपाली भूमि मिचिदा युवाले पोखे आक्रोस

धनकुटा । नेपाली भूमी कालापानी, लिपुलेक र लिम्पयाधुरा समावेश गरेर भारतले राजनीतिक नक्सा सार्वजनिक गरेको बिरोधमा धनकुटाका युवाहरुले भारत बिरुद्ध प्रदर्शन गरेका छन् । भारतीय बिस्तारवाद बिरुद्ध आक्रोसित युवाहरुले जिल्ला सदरमुकाममा प्रदर्शन गर्दै नेपाली भूमीमा गिद्धे नजर नलगाउँन भारतलाई चेतावनी दिएका हुन् । धनकुटा युथको अगुवाईमा निश्किएका युवा–युवतीहरुले भारतले गरेको सिमा अतिक्रमण बिरुद्ध मदनचौकमा प...
जापानले अब कृषि क्षेत्रमा पनि नेपाली कामदार लैजाने

जापानले अब कृषि क्षेत्रमा पनि नेपाली कामदार लैजाने

काठमाण्डौं । नेपालबाट विशिष्टीकृत शीप भएका कामदार लैजान शुरु गरेको जापानले अब कृषि क्षेत्रमा पनि नेपाली कामदार लैजाने भएको छ । जापानको कृषि, वन तथा मत्स्यपालन मन्त्रालयका उपमहानिर्देशक ताकामी नाकाडा नेतृत्वको प्रतिनिधिमण्डलले सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग गरेको भेटमा त्यस्तो प्रस्ताव गरेको हो । जापानी पक्षले कृषि क्षेत्रमा पनि कामदारको आवश्यकता रहेकाले नेपाली क...
२०७६ कात्तिक २६ गते मंगलबारको राशिफल

२०७६ कात्तिक २६ गते मंगलबारको राशिफल

वि.सं. २०७६ कात्तिक २६। मंगलबार। इ.स. २०१९ नोभेम्बर १२। ने.सं. ११४० कछलाथ्व। कार्तिक शुक्लपक्ष। पूर्णिमा, १९:०४ उप्रान्त प्रतिपदा। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) इच्छाशक्ति बढ्नाले कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। समय फुर्सदिलो रहनेछ तापनि रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन ...
साँगुरीगढीमा सांसद राईद्वारा बिद्यालय भवन उद्घाटन

साँगुरीगढीमा सांसद राईद्वारा बिद्यालय भवन उद्घाटन

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–८ खुँडी स्थित लक्ष्मी माध्यमिक विद्यालयको नयाँ भवन सोमबार उद्घाटन गरिएको छ । शिक्षा बिकास तथा समन्वय इकाईबाट बिनियोजित ३६ लाखको लागतमा निर्माण गरिएको चार कोठे पक्की भवन उद्घाटन गरिएको हो । प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले भवन उद्घाटन गरेका छन् । कार्यक्रमलाई संबोधन गर्दै सांसद राईले आगामी बर्ष बिद्यालयलाई सहयोग गर्ने प्रतिवद्धता जनाए । सिसुदेखि कक्षा १...
धनकुटा नगरमा कात्तिक २७ गते सार्वजनिक विदा

धनकुटा नगरमा कात्तिक २७ गते सार्वजनिक विदा

धनकुटा । धनकुटा नगरपालिकाले कात्तिक २७ गते बुधबार सार्वजनिक विदा दिने भएको छ । आठपहरिया जातिको महान पर्व वाडाङमेट (मंसिरे चार्ड) को अवसरमा एक दिन बिदा दिने निर्णय भएको धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले बताए । धनकुटा नगर कार्यपालिका बैठकको निर्णय अनुसार वाडाङमेटको दिन धनकुटा नगरपालिका कार्यालय, वडा कार्यालयहरु, नगर क्षेत्रका शिक्षण सस्था र स्वास्थ्य सस्थामा बिदा दिईएको...
धनकुटामा पूर्वाञ्चल गट ट्यालेन्टको अडिसन : नृत्य र गायनमा ८० जना छनौट

धनकुटामा पूर्वाञ्चल गट ट्यालेन्टको अडिसन : नृत्य र गायनमा ८० जना छनौट

धनकुटा । ‘पूर्वाञ्चल गट ट्यालेन्ट सिजन थ्री’ को धनकुटा अडिसनबाट नृत्य र गायन बिधामा ८० जना छानिएका छन् । १ सय २० जना प्रतिस्पर्धिबाट नृत्य र गायनमा ४०/४० जना युवा–युवती छनौट गरिएको आयोजक टिन्स क्रियू डान्स सेन्टरले जनाएको छ । यसअघि झापा, उदयपुर, मोरङ, इटहरी, संखुवासभा, भोजपुर, तेह्रथुम र धनकुटामा भएको अडिसनबाट नृत्य र गायनमा ६०/६० जना छनौट भएका थिए । एकल गायन र नृत्य विधामा भएको धनकुटा अडिसनबाट...
निःशुल्क शिविरबाट ३७ सय बिरामी लाभान्वित

निःशुल्क शिविरबाट ३७ सय बिरामी लाभान्वित

धनकुटा । धनकुटामा आईतबार सम्पन्न तीन दिने निःशुल्क स्वास्थ्य शिविरबाट ३ हजार ७ सय ४७ बिरामी लाभान्वित भएका छन् । जिल्ला समन्वय समितिको संयोजनमा मुटु र बाल रोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिविरमा १ हजार ७ सय ८७ महिला र १ हजार ९ सय ६० पुरुषको स्वास्थ्य परिक्षण गरिएको शिविर प्रचार प्रसार समिति संयोजक नगेन्द्र राईले जानकारी दिए । शिविरमा १ हजार ५ सय ८१ जनाको इसीजी र ५ सय ६...
धनकुटेली पत्रकारद्वारा मृगौलापीडित पत्रकार प्रधानको उपचारमा सहयोग

धनकुटेली पत्रकारद्वारा मृगौलापीडित पत्रकार प्रधानको उपचारमा सहयोग

धनकुटा । मृगौला रोगबाट पीडित ईटहरीका पत्रकार याम प्रधानको उपचारका लागि धनकुटाका पत्रकारले आर्थिक सहयोग गरेका छन् । नेपाल प्रेस युनियन धनकुटाले संकलन गरेको २० हजार ३ सय रुपैया युनियनका पूर्व केन्द्रिय उपाध्यक्षसमेत रहेका पत्रकार प्रधानको उपचारका लागि प्रदान गरिएको हो । धनकुटाका पत्रकारहरुको टोली ईटहरी पुगेर पत्रकार प्रधानकी धर्मपत्नी सन्या प्रधानलाई रकम हस्तान्तरण गरेका छन् । प्रेस युनियनका केन...
नेपालीलाई कालापानी लिपुलेक क्षेत्रमा निषेध

नेपालीलाई कालापानी लिपुलेक क्षेत्रमा निषेध

दार्चुला । भारतले सार्वजनिक गरेको नक्सामा कालापानी लिपुलेक क्षेत्र दार्चुला व्यास गाउँपालिकामा पर्छ। उक्त क्षेत्रमा नेपालीलाई जान नै निषेध छ। भारतले अतिक्रमण गरेको नेपाली भूभागमा जानसमेत भारतीय प्रशासनसँग पास लिनुपर्ने अवस्था आएको दुहुँ गाउँपालिकाका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले बताए। ‘देश दुनियाँ र सामाजिक सञ्जालमा जति सुकै उतार-चढाव आए पनि धेरैलाई कालापानी, लिपुलेक र लिम्पियाधुरामा अहिले ...
२०७६ कात्तिक २४ गते आईतबारको राशिफल

२०७६ कात्तिक २४ गते आईतबारको राशिफल

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) पछिका लागि खर्च गर्नुपर्ने समय छ। व्यवसायमा लगानी बढाउनुपर्ला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। स्वाभिमानका लागि लाभांश छोड्नुपर्ला। आकस्मिक खर्चले मन अत्तालिए पनि लामो यात्रा गर्ने अवसर जुट्नेछ। वैदेशिक यात्रा लाभदायक रहनेछ। तत्काललाई खर्च गर्नुपरे पनि मिहिनेतको प्रतिफल प्राप्त हुनेछ। कामका लागि दौडधुप गर्नुपर्ला। बृष - इ, उ, ए, ओ...
धनकुटामा घरको खाँबोले किचेर शिक्षकको मृत्यु

धनकुटामा घरको खाँबोले किचेर शिक्षकको मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–७ मालवासेमा घरको खाँबोले किचेर घाईते भएका शिक्षक धनराज चेम्जोङको उपचारका क्रममा मृत्यु भएको छ । नयाँ घर बनाउँन पुरानो घर भत्काउँने क्रममा घरको खाँवोले किच्दा ५२ बर्षीय चेम्जोङ घाईते भएका थिए । धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनको बिहिबार निधन भएको स्थानीय शिक्षक महानन्द भट्टराईले जानकारी दिए । शिक्षक चेम्जोङ चौबिसे–७ स्थि...
धनकुटाको सौरे बजारमा हुर्रा महोत्सव

धनकुटाको सौरे बजारमा हुर्रा महोत्सव

धनकुटा । मगर जातिको भाषा, संस्कृतिको संरक्षण तथा सम्बद्र्धन गर्ने उद्देश्यले धनकुटाको चौबिसे गाउँपालिका–१ स्थित सौरे बजारमा दोस्रो हुर्रा महोत्सव गरिएको छ । नेपाल मगर संघ वडा कार्यसमितिको आयोजनामा भएको महोत्सवमा जातिय पहिरनमा सजिएका युवा युवतीहरुले मगर जातिको हुर्रा नाच प्रर्दशन गरेका थिए । मगर बाहेक अन्य जातजातिले पनि मगरको भेषभुषामा सजिएर हुर्रा नाचे । हुर्रा नाचमा पाँच वडाका ११ टीम सहभागि भए...
धनकुटाका १६ सहिद परिवारलाई राहत दिने प्रदेश सरकारको निर्णय, प्रति परिवार पाँच लाख दिईने

धनकुटाका १६ सहिद परिवारलाई राहत दिने प्रदेश सरकारको निर्णय, प्रति परिवार पाँच लाख दिईने

विराटनगर । धनकुटाको सहिदभूमी गाउँपालिकाका १६ सहिद परिवारलाई प्रदेश १ सरकारले प्रति परिवार पाँच लाख राहत रकम दिने भएको छ । बिहीबार बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले सहिद परिवारलाई राहत रकम प्रदान गर्ने निर्णय गरेको हो । पञ्चायती शासन व्यवस्था बिरुद्ध २०३६ सालमा भएको आन्दोलनमा जिल्लाको तत्कालिन छिन्ताङ र आँखिसल्ला गाबिसका एक महिलासहित १६ जनाको हत्या भएको थियो । केहि बर्षअघि केन्द्र सरकारले उनीहरु...
नोबेल अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको तयारी तीव्र

नोबेल अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको तयारी तीव्र

मोरङ । मोरङको बेलबारीमा पहिलो पटक हुँन लागेको नोबेल अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको तयारी तीव्र पारिएको छ । बिराटनगर स्थित नोेबेल शिक्षण अस्पतालको प्रायोजनमा बेलबारी नगर सितोरियो कराते संघले मंसिर ६ देखि ८ गतेसम्म प्रतियोगिता गर्ने तयारी गरेको हो । प्रतियोगिताका लागि खेलाडी आमन्त्रण, खेल स्थल सजावट, स्वागतद्वार निर्माण, प्रचारप्रशार लगायतको काम तीव्र रुपमा भईरहेको बेलबारी नगर सितोरियो कराते...
ईलाममा भीरबाट लडेर बृद्धको मृत्यु

ईलाममा भीरबाट लडेर बृद्धको मृत्यु

ईलाम । ईलामको माई जोगमाई गाउँपालिकामा भीरबाट लडेर एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुँनेमा माई जोगमाई–५ सोयाङका ६० बर्षीय टेकबहादुर खड्का छन् । घाँस काट्न भनेर घरबाट निस्किएका खड्का घरदेखि करिव एक सय मिटर पूर्वमा रहेको भीर मुनी मृत अवस्थामा फेला परेका हुन् । घटनाको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय नयाँ बजारको टोली घटनास्थल गएको थियो । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ईलाम लगि...
विद्युत् महशुल १५ प्रतिशतसम्म बढाउँन प्राधिकरणको प्रस्ताव

विद्युत् महशुल १५ प्रतिशतसम्म बढाउँन प्राधिकरणको प्रस्ताव

काठमाण्डौं । नेपाल विद्युत् प्राधिकरणले १५ प्रतिशतसम्म विद्युत्को महशुल वृद्धि गर्ने गरी प्रस्ताव गरेको छ । प्राधिकरणले सञ्चालक समितिबाट निर्णय गरी बुधबारै विद्युत् नियमन आयोगसमक्ष महशुल वृद्धिका लागि प्रस्ताव गरेको हो । नियमन आयोगले ‘विद्युत् उपभोक्ता महशुल निर्धारण निर्देशिका २०७६’ मस्यौदा राय सुझावका लागि सार्वजनिक गरेकै दिन प्राधिकरणले महशुल वृद्धिका लागि प्रस्ताव गरेको हो । नियमन आयोगका अ...
२०७६ कात्तिक २१ गते बिहीबारको राशिफल

२०७६ कात्तिक २१ गते बिहीबारको राशिफल

वि.सं. २०७६ कात्तिक २१। बिहीबार। इ.स. २०१९ नोभेम्बर ७। ने.सं. ११४० कछलाथ्व। कार्तिक शुक्लपक्ष। दशमी, १०:१० उप्रान्त एकादशी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आम्दानी मनग्य भए पनि आकस्मिक खर्चले धन संग्रहमा बाधा पुग्नेछ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। चिताएका काममा अलि बाधा हुनसक्छ। तापनि प्रयत्न गर्दा ऋणमोचन हुने समय छ। पछिसम्म लाभ हुने काम प्रारम्भ हुन सक्छ। स...
औषधि बजारमा मौलाउँदै विकृति : ५ हजार औषधि पसल अवैध, ६ सय खारेज

औषधि बजारमा मौलाउँदै विकृति : ५ हजार औषधि पसल अवैध, ६ सय खारेज

काठमाडौं । सरकारी उदासीनताका कारण नेपाली औषधि बजारमा विकृति मौलाएको छ । औषधि व्यवस्था विभागले पारदर्शी र प्रभावकारी रूपमा काम गर्न नसक्दा औषधि बजारमा विकृति मौलाएको हो । सर्वसाधारण नागरिकको जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने औषधि बजारमा विकृति मौलाए पनि औषधिको नियमन, अनुगमन र निर्देशन दिने सर्वोच्च निकाय औषधि व्यवस्था विभाग अहिले आफैं नेतृत्वको विवादमा अल्झिएको छ । विभागका महानिर्देशक नाराय...
धनकुटामा प्रेमीद्वारा प्रेमिकामाथि निर्घात कुटपिट, घाईतेको अवस्था गंभीर

धनकुटामा प्रेमीद्वारा प्रेमिकामाथि निर्घात कुटपिट, घाईतेको अवस्था गंभीर

धनकुटा । धनकुटाको सहिदभूमी गाउँपालिकाका एक युवकले आफ्नै प्रेमिकालाई निर्घात कुटपिट गरेका छन् । सहिदभूमी गाउँपालिका–४ का भीमसेन राईले आफ्नै प्रेमिका बन्दना राईलाई मरणासन्न अवस्थामा पुग्ने गरी कुटपिट गरेका हुन् । कुटपिटबाट गंभीर घाईते सहिदभूमी–४ खोकुकी १८ बर्षीया बन्दनाको अवस्था गंभीर छ । निर्घात कुटपिट पश्चात बेहोस अवस्थामा भेटिएकी बन्दनाको अझै होस नखुलेको उनका दाजु असिम राईले संगालोखबरलाई बताए ...
नोबेलमा हिरामडीको निःशुल्क उपचार

नोबेलमा हिरामडीको निःशुल्क उपचार

बिराटनगर । पाठेघरको समस्याबाट पीडित मोरङको रतुवामाई नगरपालिका–९ भौडाहाकी हिरामडी सतार दुई महिना अघिदेखि पीडाले छटपटाई रहेकी थिईन् । उपचार गर्न पैसा थिएन । पैसा नभएकै कारण उपचार नपाएर असह्य पीडामा दिनरात तड्पिन बाध्य थिईन् । ज्याला मजदुरी गरेर दुई छाक टार्दे आएको सतार परिवारले उपचारका लागि पैसाको जोहो गर्न नसक्दा ३६ बर्षीया हिरामडीको अवस्था निकै पीडादायी थियो । अन्नतः उनीहरुको समस्या थाहा पाएर न...
सातवटै प्रदेशका प्रदेश प्रमुखद्वारा सपथ ग्रहण

सातवटै प्रदेशका प्रदेश प्रमुखद्वारा सपथ ग्रहण

काठमाडौं । सातवटै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले मंगलबार राष्ट्रपति बिद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश २ का तिलक परियार, प्रदेश ३ का विष्णु प्रसाईं, गण्डकी प्रदेशका अमिक शेरचन, प्रदेश ५ का धर्मनाथ यादव, कर्णालीका गोविन्द कलौनी र सुदुरपश्चिमका शर्मिलाकुमारी पन्तले सपथ लिएका हुन् । कांग्रेस सरकारले नियुक्त गरेका स...
धनकुटाको सहिदभूमीमा गाँजा फडानी

धनकुटाको सहिदभूमीमा गाँजा फडानी

धनकुटा । धनकुटाको सहिदभूमी गाउँपालिका क्षेत्रका बिभिन्न स्थानमा लगाईएको अबैध गाँजा खेति प्रहरीले फडानी गरेको छ । सहिदभूमी–६ र २ नम्बर वडाको १७ रोपनी क्षेत्रफलमा लगाईएको ९ हजार भन्दा बढी गाँजाका बोट फडानी गरिएको हो । व्यावसायीक रुपमा लगाईएको तथा प्राकृतिक रुपमा आफै उम्रिएका गाँजाका बोटहरु फडानी गरेर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । आँखिसल्ला प्रहरी चौकीबाट खटिएको प्रहरी टोल...
सरकारद्वारा सात वटै प्रदेशका प्रमुखलाई पदमुक्त

सरकारद्वारा सात वटै प्रदेशका प्रमुखलाई पदमुक्त

काठमाडौं । सरकारले ७ वटै प्रदेशका प्रदेश प्रमुखलाई हटाएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले उनीहरुलाई हटाउने निर्णय गरेको हो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखहरुलाई पदमुक्त गरेकी छन् । आइतबार साँझ राष्ट्रपति भण्डारीले सबै प्रदेश प्रमुखलाई पदमुक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार प्रदेश प्रमुखलाई पदमुक्त गरेको राष्ट्रपति ...
धनकुटामा निःशुल्क स्वास्थ्य शिविर हुँने

धनकुटामा निःशुल्क स्वास्थ्य शिविर हुँने

धनकुटा । धनकुटामा मुटु र बाल रोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । जिल्ला अस्पतालमा यहि कार्तिक २२ गतेदेखि २४ गतेसम्म तीन दिने शिविर सञ्चालन गर्न लागिएको हो । विशेषज्ञ सेवा उपलब्ध हुँने शिविरमा बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.भगवान कोइरालाको नेतृत्वमा ६५ जना विशेषज्ञ डाक्टरहरुले बिरामीको स्वास्थ्य परिक्षण गर्ने शिविर मुल आयोजक समिति संयोजक टंकबहादुर चुवानले बताए । शिविरका ल...
error: Content is protected !!