पाख्रीवासको कृषि मेलामा २८ किसान पुरस्कृत

पाख्रीवासको कृषि मेलामा २८ किसान पुरस्कृत

धनकुटा । धनकुटाको पाख्रीवासमा सञ्चालित नगर स्तरिय तीन दिने कृषि मेला प्रदर्शनीमा २८ जना किसानलाई पुरस्कृत गरिएको छ । नेपाल भ्रमण वर्षलाई लक्षित गरी नयाँ कृषि प्रविधिको बारेमा किसानहरुलाई जानकारी दिने उद्देश्यले नगरपालिकाद्वारा आयोजित मेलामा मसला, फलफुल, दलहन, तरकारी, खाद्यान्न र आलुबालीका उत्कृष्ट किसानहरुलाई नगदसहित पुरस्कृत गरिएको हो । कृषकहरुलाई पुरस्कृत गर्दै नगर उपप्रमुख देवकला तिम्सिनाले...
धनकुटाका २६ निजी विद्यालयमा शोक बिदा

धनकुटाका २६ निजी विद्यालयमा शोक बिदा

धनकुटा । धनकुटाका २६ वटा निजी विद्यालयमा बिहिबार शोक बिदा दिइएको छ । निजी विद्यालयहरुको छाता संगठन प्यावसन धनकुटाले संगठनमा आवद्ध जिल्लाभरका निजी विद्यालयमा शोक बिदा गर्ने निर्णय गरेको हो । धनकुटाको हुलाकटोल स्थित तुलसी मेहर स्कुलमा कार्यरत कार्यालय सहयोगी वीरबहादुर राईको गएराती निधन भएपछि शोकमा बिद्यालयहरु बिदा गर्ने निर्णय भएको प्यावसनका बरिष्ठ उपाध्यक्ष दुर्गा लुइटेलले जानकारी दिए । अचानक ब...
दुर्घटनामा नायिका सिलवालको मृत्यु

दुर्घटनामा नायिका सिलवालको मृत्यु

काठमाडौं । नायिका महिमा सिलवालको बसको ठक्करबाट मृत्यु भएको छ । धादिङको गजुरी गाउँपालिका २ चाम्बासमा बुधबार साँझ उनी सवार स्कुटर बससँग ठोक्किदा उनको मृत्यु भएको हो । भैरहवाबाट काठमाडौं आउँदै गरेको लु२ख १३५ नम्बरको बसले उनी सवार बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते उनको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा मृत्यु भएको हो । २२ वर्षीया सिलवाल चितवनको भरतपुर...
विराट एक्स्पोको तयारी पुरा : तीन लाखले अवलोकन गर्ने आयोजकको अनुमान

विराट एक्स्पोको तयारी पुरा : तीन लाखले अवलोकन गर्ने आयोजकको अनुमान

बिराटनगर । आगामी शुक्रबारबाट बिराटनगरमा सुरु हुँन लागेको बिराट एक्स्पोको तयारी पुरा भएको छ । आयोजक उद्योग संगठन मोरङले बुधबार पत्रकार सम्मेलन गरेर कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनीको तयारी पुरा भएको जानकारी दिएको हो । प्रदर्शनीमा ३ सय ४० स्टल रहने मुल आयोजक समिति संयोजक भोलेश्वर दुलालले बताए । उनका अनुसार ४० स्टल विदेशी मुलुकका हुनेछन् । एक्स्पोमा कृषि, घरेलु तथा हस्तकलाका ६०, औद्योगि...
धनकुटामा अगुल्टोले हानेर छिमेकीको हत्या

धनकुटामा अगुल्टोले हानेर छिमेकीको हत्या

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिकाकी एक महिलाले अगुल्टोले हानेर छिमेकीको हत्या गरेकी छन् । छथरजोरपाटी–३ लामोगराकी २८ बर्षीया निर्मला श्रेष्ठले अगुल्टो प्रहार गर्दा स्थानीय २९ बर्षीया पवित्रा राईको मृत्यु भएको प्रहरीले जनाएको छ । निर्मला र पवित्रावीच सामान्य विवाद भएको थियो । सोहि क्रममा निर्मलाले चुलोबाट दाउरो निकालेर पवित्रालाई टाउको र मुखमा हानेकी थिईन् । प्रारम्भिक अनुसन्धानका क्रममा प...
चौबिसेमा तीन दिने आँखा शिविर : दुई जिल्लाका चार सय बिरामी लाभान्वित

चौबिसेमा तीन दिने आँखा शिविर : दुई जिल्लाका चार सय बिरामी लाभान्वित

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–२ मुढेवासमा सञ्चालित तीन दिने निःशुल्क आँखा शिविरबाट चार सय भन्दा बढी बिरामी लाभान्वित भएका छन् । मुढेवास स्वास्थ्य चौकीमा सञ्चालित शिविरमा धनकुटा र पाँचथरका ४ सय १३ जनाले सेवा लिएका हुन् । शिविरमा २२ महिला र २६ पुरुष गरी ४८ जनाको आँखाको शल्यक्रिया गरिएको वडाध्यक्ष ममिन्द्र लिम्बूले जानकारी दिए । उनका अनुसार ५ जनाको आँखामा मासु पलाएको र बाँकीको मोतियाविन्दुको...
लेगुवा-केवा खोला सडक निर्माणमा सांसद राईको चासो : समयमै काम सक्न प्रशासनको निर्देशन

लेगुवा-केवा खोला सडक निर्माणमा सांसद राईको चासो : समयमै काम सक्न प्रशासनको निर्देशन

धनकुटा । मध्य पहाडी (पुष्पलाल) राजमार्ग अन्तरगत धनकुटाको लेगुवादेखि केवा खोलासम्मको सडक निर्माणको काम तोकिएको समयमै सक्न जिल्ला प्रशासन कार्यालय धनकुटाले निर्माण कम्पनीलाई निर्देशन दिएको छ । सडक निर्माणमा ढिलाई भएको जनगुनासो आएपछि सर्वपक्षिय भेला बोलाएर समयमै काम सक्न निर्माण कम्पनी विरुवा कन्ट्रक्सनलाई प्रशासनले निर्देशन दिएको हो । संघीय सांसद राजेन्द्र कुमार राईको निर्देशनमा प्रमुख जिल्ला अधि...
धनकुटा बस दुर्घटना : सिट बेल्ट नबाध्नाले घुम्तिमा ड्राइभर ढोकाबाट खस्दा पल्टियो बस

धनकुटा बस दुर्घटना : सिट बेल्ट नबाध्नाले घुम्तिमा ड्राइभर ढोकाबाट खस्दा पल्टियो बस

धनकुटा । धनकुटाको नुनथला स्थित कोशी राजमार्गमा मंगलबार दिउँसो यात्रुबाहक बस दुर्घटना हुँदा चालकसहित तीन जना घाईते भए । तेह्रथुमबाट २५ जना यात्रु बोकेर काठमाण्डौं जाँदै गरेको प्रदेश–३–०१००५ ख.९५३२ नम्बरको मितेरी बस दिउँसो करिव साँढे ३ बजे सडकमा पल्टिएको हो । बसमा सवार यात्रुको भनाई अनुसार ओरालो सडकमा गुडिरहेको बस घुम्ति मोड्ने क्रममा चालक छेउको ढोका खुलेर चालक खसेपछि बस भित्तामा ठोकिएर पल्टिएको ...
धनकुटाको नुनथलामा बस दुर्घटना

धनकुटाको नुनथलामा बस दुर्घटना

धनकुटा। धनकुटाको महालक्ष्मी नगरपालिका–९ नुनथला स्थित कोशी राजमार्गमा आज दिउँसो यात्रुबाहक बस दुर्घटना भएको छ । तेह्रथुमबाट काठमाण्डौं जाँदै गरेको प्रदेश–३–०१००५ ख.९५३२ नम्बरको मितेरी बस दिउँसो करिव साँढे ३ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी चालकसहित तीन जना घाईते भएका छन् । बसका चालक सुनसरीको धरान–७ का ६० बर्षीय बीरेन्द्र श्रेष्ठ र दोलाखा बैदेश्वर–५ घर भई धनकुटामा मेडिकल चलाउँ...
मैत्रीपूर्ण क्रिकेटमा नोबेल बिजयी

मैत्रीपूर्ण क्रिकेटमा नोबेल बिजयी

बिराटनगर । बिराटनगरमा सञ्चालित मैत्रीपूर्ण सुपर सिक्स क्रिकेट प्रतियोगितामा नोबेल मेडिकल कलेजको टिम बिजयी भएको छ । फाइनलमा मोरङ व्यापार संघलाई ९ विकेटले पराजित गर्दै नोबेलले उपाधि चुमेको हो । ६ टिम सहभागि खेलमा समुह बिजेता बन्दै व्यापार संघ र नोबेल फाइनल पुगेका थिए । फाइनलमा व्यापार संघले नोबेललाई ६२ रनको लक्ष दियो । चौका र छक्काको बर्षात गरेको नोबेलले ३ ओभर २ बलमा लक्ष्य पुरा गर्दै बिजयी बनेको...
धनकुटाको त्रिसुलेमा दुई वटा बस जुध्दा १३ घाइते

धनकुटाको त्रिसुलेमा दुई वटा बस जुध्दा १३ घाइते

धनकुटा । धनकुटा नगरपालिका–२ त्रिसुले नजिक आइतबार दिउँसो दुई वटा यात्रुबाहक बस ठक्कर खाँदा १३ जना यात्रु घाइते भएका छन् । मोरङको उर्लाबारीबाट धनकुटाको मारेककटहरे जाँदै गरेको को.१ ख.७८८० नम्बरको बस र संखुवासभाको चैनपुरबाट झापाको सौठा जाँदै गरेको को.१ ख.५१०५ नम्बरको बस दिउँसो करिव साँढे २ बजे जुधेका हुन् । दुर्घटनामा परी दुवै बसमा सवार यात्रु घाइते भएको धनकुटाका ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्...
सुनसरीको झुम्कामा बस र माइक्रो जुध्यो : श्रीमान-श्रीमतिसहित चार जनाको मृत्यु

सुनसरीको झुम्कामा बस र माइक्रो जुध्यो : श्रीमान-श्रीमतिसहित चार जनाको मृत्यु

सुनसरी । सुनसरीको झुम्का नजिक तित्रिबनमा आज बिहान बस र माइक्रो जुध्दा श्रीमान–श्रीमतिसहित चार जनाको मृत्यु भएको छ । झापाबाट काठमाडौं जाँदै गरेको बा.५ ख.३१५७ नम्बरको हाइस माइक्रो र पोखराबाट आउँदै गरेको ना.६ ख.७९५ नम्बरको बस ठक्कर खाएका हुन् । दुर्घटनामा परी झापा धरमपुरकी १८ बर्षीया गरिमा गौतम, भद्रपुर घर भई काठमाण्डौ बस्दै आएका हेमराज कोईराला, उनकी श्रीमति डोलमाया कोइराला र हाइस चालक दिपक खड्काक...
काठमाण्डौंको नयाँ बसपार्कमा प्रहरीको छापा : अनैतिक क्रियाकलापमा संलग्न ७३ जना पक्राउ

काठमाण्डौंको नयाँ बसपार्कमा प्रहरीको छापा : अनैतिक क्रियाकलापमा संलग्न ७३ जना पक्राउ

काठमाडौं । प्रहरीले गोँगबु नयाँ बसपार्क क्षेत्रमा अनैतिक क्रियाकलापमा संलग्न ७३ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले गोँगबु नयाँ बसपार्क शुद्धीकरण अभियानअन्तर्गत ७३ जनालाई शनिबार राति पक्राउ गरेको हो । पक्राउ पर्नेमा ३२ महिला, ३७ पुरुष र चार तेस्रोलिङ्गी रहेका छन् । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले नयाँ बसपार्क क्षेत्रको विकृति, बिसङ्गति अन्त्यका ला...
धनकुटामा बिद्यार्थीसँग सनराइज बैंकको वित्तीय साक्षरता कार्यक्रम

धनकुटामा बिद्यार्थीसँग सनराइज बैंकको वित्तीय साक्षरता कार्यक्रम

धनकुटा । सनराइज बैंक धनकुटा शाखाले धनकुटा बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । क्याम्पससँगको सहकार्यमा कार्यक्रम आयोजना गरी बिद्यार्थीहरुलाई बैंक, बचत तथा कर्जा सम्बन्धि आधारभूत जानकारी गराईएको हो । दर्जनौ बिद्यार्थी उपस्थित कार्यक्रममा बैंकका शाखा प्रमुख दिनेश अधिकारीले बैंक, बचत तथा कर्जाको बिषयमा जानकारी गराएका थिए । सरकारको ‘समृद्धिसँग जोडौँ नाता : सबै नेपालीको बैंक खाता...
पाँचथरमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

पाँचथरमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

पाँचथर । पाँचथरको मौवा बजारमा बिहिबारदेखि शल्यक्रियासहितको दुई दिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । तुम्वेवा गाउँपालिका कार्यालय र बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालको संयुक्त आयोजनामा शिविर सुरु भएको हो । ग्रामिण क्षेत्रका बिपन्न बिरामीलाई लक्षित गरी आयोजना गरिएको शिविरको पहिलो दिन ७ सय ५६ बिरामीको निःशुल्क उपचार गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ । शिविरमा १६ जना बिरामीको सामान्य ...
धनकुटामा रेडियोकर्मी संगठित

धनकुटामा रेडियोकर्मी संगठित

धनकुटा । धनकुटामा सञ्चालित सामुदायिक रेडियोका प्रतिनिधिहरुको भेलाले सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) जिल्ला समन्वय समिति गठन गरेको छ । संघका केन्द्रीय उपाध्यक्ष अर्जुन राईको उपस्थितिमा भएको भेलाले रेडियो लालिगुँरासका स्टेशन मेनेजर विदुर खवासको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यमा रेडियो मकालुका स्टेशन मेनेजर सन्तोष रुचाल, रेडियो भेडेटारका स्टेशन मेनेजर पूर्णकुमार चौध...
विद्यालयलाई प्रविधिमैत्री बनाएर शैक्षिकस्तर बढाउँनुपर्छ : प्रदेश प्रमुख अधिकारी

विद्यालयलाई प्रविधिमैत्री बनाएर शैक्षिकस्तर बढाउँनुपर्छ : प्रदेश प्रमुख अधिकारी

धनकुटा । प्रदेश नम्बर १ का प्रदेश प्रमुख सोमनाथ अधिकारीले विद्यालयहरुलाई प्रविधिमैत्री बनाउँदै शैक्षिकस्तर बृद्धी गर्नुपर्ने बताएका छन् । महालक्ष्मी नगरपालिका–३ डाँडागाउँ स्थित नबिन शिक्षा सदन माध्यमिक विद्यालय ६० बर्ष पुगेको अवसरमा आयोजित हीरक महोत्सवलाई संबोधन गर्दै उनले यस्तो बताएका हुन् । समाज बिकासमा शिक्षाको ठुलो महत्व हुने भन्दै प्रदेश प्रमुख अधिकारीले विद्यालयमा हुने पढाई प्रविधिमैत्री ...
झापामा सात बर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ

झापामा सात बर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ

झापा । आफ्नै सात वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले कानकाई नगरपालिका–१ निवासी एक व्यक्तिलाई पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी छोरीलाई बलात्कार गर्ने ३० वर्षीय बुबालाई पक्राउ गर्दै मङ्गलबार हाडनाता करणी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार बालिकाकी आमा केही वर्षअघि अर्कैसँग गएपछि बालिका हजुरबुबा र हजुरआमाको संरक्षणमा बस्दै आएकी थिइन् ...
‘शहीदको सपना पुरा गर्न लागिपरौं’

‘शहीदको सपना पुरा गर्न लागिपरौं’

धनकुटा । शहीदहरु राष्ट्रको मार्गदर्शन भएकाले उनीहरुको सपना पुरा गर्न सवै लाग्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । शहीद सरोकार समाज धनकुटाले मंगलबार सदरमुकाममा आयोजना गरेको अन्र्तक्रियामा शहीद परिवार तथा सरोकारवालाहरुले यस्तो धारणा राखेका हुन् । कार्यक्रममा प्रदेश सांसद निरन राईले शहीद राष्ट्रको सम्पत्ति भएकाले राज्यले शहीदलाई उचित सम्मान गर्नुपर्ने बताए । नेपाली कांग्रेसका सचिव बिजय सन्तो...
गायिका राउत धरौटीमा रिहा

गायिका राउत धरौटीमा रिहा

काठमाडौं । गायिका आस्था राउत धरौटीमा छुटेकी छन् । अभद्र व्यवहार सम्बन्धी कसूरमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उनलाई धरौटीमा छाड्ने आदेश गरेका हुन् । चार हजार धरौटी बुझाएर उनी रिहाई भएकी हुन् । अभद्र व्यवहार सम्बन्धी मुद्दामा गायिका राउतलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । केहि दिन अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सुरक्षा जाँचका क्रममा महिला प्रहरी रमिता श्रेष्ठ र गायिक...
प्रदेश नं १ मा सुर्तीजन्य पदार्थ नियन्त्रण अभियान सुरु : चैत भित्र पूर्ण रुपमा नियन्त्रण गरिने

प्रदेश नं १ मा सुर्तीजन्य पदार्थ नियन्त्रण अभियान सुरु : चैत भित्र पूर्ण रुपमा नियन्त्रण गरिने

मोरङ । प्रदेश नं १ मा सुर्तीजन्य पदार्थलाई पूर्णरुपमा नियन्त्रण गर्न सामाजिक विकास मन्त्रालयले अभियान शुरु गरेको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज आयोजित कार्यक्रममा ‘ब्यानर वाचन’ गरी अभियानको शुभारम्भ गरे । ‘सुर्तीजन्य पदार्थ होइन, स्वस्थ जीवन रोजौँ’ प्रमुख नाराका साथ शुरु भएको सो अभियान अन्तर्गत आगामी चैत मसान्तभित्र प्रदेशमा सुर्ती...
धनकुटाका प्रहरी जवान गिरी लागुऔषधसहित पक्राउ

धनकुटाका प्रहरी जवान गिरी लागुऔषधसहित पक्राउ

धनकुटा । धनकुटाको पाख्रीवास घर भएका प्रहरी जवान सरोज गिरी लागुऔषधसहित बिराटनगरबाट पक्राउ परेका छन् । भारतको जोगवनीबाट लागुऔषध लिएर आउँदै गर्दा २३ बर्षीय गिरीलाई लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले पक्राउ गरेको हो । गिरीले ज्याकेटको गोजीमा राखेर ल्याउँदै गरेको अवस्थामा १ सय ४४ ट्याब्लेट स्पास्मोप्रोक्सिभन नामक लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डीएसपी लोकदर्श...
धनकुटामा बिप्लवको अपिल : एनसेल सिम प्रयोग नगरौ, छतबाट टावर हटाऔं

धनकुटामा बिप्लवको अपिल : एनसेल सिम प्रयोग नगरौ, छतबाट टावर हटाऔं

धनकुटा । नेत्र बिक्रम चन्द (बिप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेललाई बहिस्कार गर्न धनकुटाबासीलाई अपिल गरेको छ । सो पार्टीका धनकुटा इन्चार्ज दर्शन किराती र सचिव सुदर्शन थापाले सोमबार प्रेस बिज्ञप्ती जारी गर्दै एनसेल बहिस्कार गर्न अपिल गरेका हुन् ।एनसेलले सरकारलाई कर नतिरेर लुट मच्चाएको भन्दै घरको छतबाट एनसेलको टावर हटाउँन, सिम तथा रिचार्ज कार...
ओखलढुंगामा बिरामी बोकेको गाडी खोलामा खस्यो : बिरामीको घटनास्थलमै मृत्यु, तीन घाइते

ओखलढुंगामा बिरामी बोकेको गाडी खोलामा खस्यो : बिरामीको घटनास्थलमै मृत्यु, तीन घाइते

ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिका–५ मा आज बिहान बोलेरो दुर्घटना हुँदा उपचारका लागि लगिदै गरेका बिरामीको मृत्यु भएको छ । दुर्घटनामा परी ३ जना घाइते भएका छन् । बिहान करिव साँढे ६ बजे स्थानीय ५५ बर्षीय सन्तोष बिकलाई उपचारका लागि ओखलढुंगातर्फ लैजादै गर्दा बा.२१ च.७३६१ नम्बरको बोलेरा दुर्घटना भएको हो । दुर्घटनामा परी बिरामी बिकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाए...
गायिका आस्था राउत प्रहरी नियन्त्रणमा

गायिका आस्था राउत प्रहरी नियन्त्रणमा

काठमाडौं । महिला प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोप लागेकी गायिका आस्था राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अभद्र व्यवहार सम्बन्धी मुद्दामा गायिका राउतलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ । केहि दिन अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सुरक्षा जाँचका क्रममा महिला प्रहरी रमिता श्रेष्ठ र गायिका राउतबीच विवाद भएको थियो । घटनापश्चात श्रेष्ठमाथि ‘अभद्र व्यवहार’ गरेको उज...
सिंहदेवीको एनसेल टावरमा बम प्रहार

सिंहदेवीको एनसेल टावरमा बम प्रहार

माेरङ । मोरङको केराबारी गाउँपालिका–२ सिंहदेवी स्थित एनसेल टावरमा आईतबारसाँझ अज्ञात समुहले बम बिस्फोट गराएको छ । साँझ करिव ७ बजे बिस्फोट भएको हो । बिस्फोटबाट भएको क्षतिको विवरण आउँन वाँकी छ । बिस्फोटको जानकारी पाएपछि प्रहरी टोली घटनास्थल तर्फ पठाईएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता लोकदर्शन थापाले जानकारी दिए । बिस्फोटको ठुलो आवाज सुनिएपछि स्थानीयबासी त्रसित भएका छन् । बिप्लव नेतृ...
अग्नि सापकोटा सभामुखमा निर्वाचित

अग्नि सापकोटा सभामुखमा निर्वाचित

काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा अग्निप्रसाद सापकोटा निर्वाचित भएका छन् । आइतबार बसेको संसद बैठकले सापकोटालाई निर्विरोध निर्वाचित गरेको हो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार सापकोटालाई राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद लक्ष्मण लाल कर्णले समर्थन गरेका थिए ।
संखुवासभामा प्रहरीको भवन उद्घाटन

संखुवासभामा प्रहरीको भवन उद्घाटन

संखुवासभा । प्रहरी चौकी नुनढाकीको नव निर्मित कार्यालय भवन उद्घाटन गरिएको छ । १ नम्बर प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायव महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले भवन उद्घाटन गरेका हुन् । १ करोड २५ लाख ५७ हजार २८ रुपैंयाको लागतमा भवन निर्माण गरिएको हो । उक्त भवनमा सुविधा सम्पन्न कोठा, भान्सा घर र शौचालय रहेको प्रहरी चौकी नुनढाकीले जनाएको छ ।
मोटरसाइकल दुर्घटनामा उर्लाबारीका तामाङको मृत्यु

मोटरसाइकल दुर्घटनामा उर्लाबारीका तामाङको मृत्यु

झापा । झापाको दमकमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दमक नयलबारी स्थित भित्री सडकमा गएराती उत्तरबाट दक्षिण तर्फ जादै गरेको को.३५ प.१०५५ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा परी मोटरसाइकल चालक मोरङको उर्लाबारी–९ का ३१ बर्षीय धिरेन तामाङको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको अनुमान छ ।
हिलेमा मनाइयो सोनाम ल्होछार

हिलेमा मनाइयो सोनाम ल्होछार

धनकुटा । तामाङ जातिको महान पर्व सोनाम ल्होछारको अवसरमा शनिबार धनकुटाको हिलेमा र्‍यालीसहित साँस्कृतिक कार्यक्रम गरिएको छ । नेपाल तामाङ घेदुङको आयोजनामा र्‍यालीसहित साँस्कृतिक कार्यक्रम गरेर ल्होछार मनाइएको हो । जातिय मौलिक भेषभुषा र झाँकीसहित तोङ्बा चोकबाट सुरु भएको र्‍यालीले हिले बजारको परिक्रमा गरेको थियो । सो अवसरमा एकल जातिय संस्थाहरुले मौलिक झाँकी प्रस्तुत गरेका थिए । र्‍याली पश्चात शुभका...
पाख्रीवासमा नेकपाको पूर्ण र बिस्तारित बैठक

पाख्रीवासमा नेकपाको पूर्ण र बिस्तारित बैठक

धनकुटा । धनकुटाको पाख्रीवासमा शुक्रबार नेकपा नगर कमिटिको चौथो पूर्ण तथा प्रथम बिस्तारित बैठक बसेको छ । बैठकमा पार्टीको तीन महिने अभियानको समिक्षा गर्दै अध्यक्ष शान्तिराम गौतमले प्रस्तुत गरेको राजनैतिक प्रतिवेदनमा छलफल गरिएको छ । बैठकमा मध्यपहाडी लोकमार्ग अन्र्तगतको हिले–लेगुवा सडक निर्माणमा गुणस्तरता र तिव्रताका लागि ठेकेदारको ध्यानाकर्षण गराउँने, जनअपेक्षा अनरुप काम गर्न स्थानीय सरकारलाई आग्रह...
error: Content is protected !!