सडकबाट मानसिक रोगीको उद्धार (भिडियोसहित)

सडकबाट मानसिक रोगीको उद्धार (भिडियोसहित)

धनकुटा । मानसिक सन्तुलन गुमाएर बर्षौ अघिदेखि धनकुटा बजारमा बेवारिसे अवस्थामा बस्दै आएका भीमप्रसाद अधिकारीलाई सडकबाट उद्धार गरिएको छ । स्थानीयबासीको पहलमा उद्धार गरेर अधिकारीलाई उपचारका लागि बिराटनगर स्थित नोबेल शिक्षण अस्पताल ल्याईएको हो । उनलाई नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माले निःशुल्क उपचारको व्यवस्था मिलाईदिएका छन् । महालक्ष्मी नगरपालिका–७ आन्द्रुङका ५० बर्षीय अधिकारीले मानसिक समस्याबा...
धनकुटामा करेन्ट लागेर एक जनाको मृत्यु, बत्ति बनाउँन पोलमा चढ्दा गयो ज्यान

धनकुटामा करेन्ट लागेर एक जनाको मृत्यु, बत्ति बनाउँन पोलमा चढ्दा गयो ज्यान

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका–६ डढुवामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बत्ति बनाउँन पोलमा चढ्दा करेन्ट लागेर डढुवाका २६ बर्षीय पबन राईको मृत्यु भएको हो । गएराती करिव १० बजे राईको घरमा करेन्ट नआएपछि पोलमा चढेर बत्ति बनाउँने क्रममा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । करेन्ट लागेर गंभीर घाईते भएका राईलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याईएको थियो । उपचारकै क्रममा राती करि...
धनकुटा उद्योग बाणिज्य संघको अध्यक्षमा राई निर्वाचित हुँने निश्चित, यसरी मिल्यो भागबन्डा

धनकुटा उद्योग बाणिज्य संघको अध्यक्षमा राई निर्वाचित हुँने निश्चित, यसरी मिल्यो भागबन्डा

धनकुटा । लामो समयको रस्साकस्सी पश्चात अन्ततः कांग्रेस उम्मेद्वार बिजय सन्तोषी राई उद्योग बाणिज्य संघ धनकुटाको अध्यक्ष बन्ने निश्चित भएको छ । संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचन प्रकृयामा अध्यक्ष पदका लागि कांग्रेस जिल्ला सचिव राईको मात्र उम्मेद्वारी दर्ता भएपछि अध्यक्ष बन्ने पक्का भएको हो । १९ पदका लागि भएको निर्वाचनमा ८ पदाधिकारी र ११ सदस्य पदमा एक÷एक जनाको मात्र उम्मेद्वारी दर्ता भएका...
राष्ट्रियसभा गृहमा प्रचण्डमाथि जुत्ता प्रहार

राष्ट्रियसभा गृहमा प्रचण्डमाथि जुत्ता प्रहार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गरी राष्ट्रियसभा गृहमा जुत्ता प्रहार भएको छ । नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा संबोधन गरेर सिटमा फर्किने क्रममा दर्शकदीर्घाबाट उनलाई ताकेर जुत्ता प्रहार भएको हो । यद्यपि उनलाई लागेन । जुत्ता मञ्चसम्म आइपुगेन । जुत्ता प्रहार गर्ने व्यक्ति जुम्लाका २२ वर्षीय रतन तिरुवालाई सुरक्षाकर्मीले नियन्‍त्रणमा लिएको...
मनाङले जित्यो बुढासुब्बा गोल्डकपको उपाधि

मनाङले जित्यो बुढासुब्बा गोल्डकपको उपाधि

सुनसरी । मनाङ मर्स्याङ्दी क्लबले धरानमा सञ्चालित २२ औं बुढासुब्बा गोल्डकप फुटबलको उपाधि जितेको छ । धरान रंगशालामा आज भएको फाईनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १–३ गोल अन्तरले पराजित गर्दै मनाङले उपाधिमाथि कब्जा जमाएको हो । मनाङलाई उपाधि दिलाउँन दयानन्द सिंह, विशाल लिम्बू र विमल रानाले समान एक–एक गोल गरे । पुलिसका लागि कप्तान भोला सिलवालले गोल गरेका थिए । उपाधिसँगै मनाङले मनाङले नगद १० लाख...
मलाई सिध्याउँन गिरोह नै लागिपरेको छ, केहि दिनमा पर्दाफास हुन्छ : मुख्यमन्त्री राई

मलाई सिध्याउँन गिरोह नै लागिपरेको छ, केहि दिनमा पर्दाफास हुन्छ : मुख्यमन्त्री राई

सुनसरी । प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईले आफुलाई सिध्याउँन गिरोह नै सक्रिय रहेको खुलासा गरेका छन् । सुनसरीको इटहरीमा शनिवार आयोजित प्रेस संगठन नेपाल प्रदेश नं. १ को प्रथम भेला तथा शपथ ग्रहण कार्यक्रमलाई संबोधन गर्दै उनले आफु सञ्चार मन्त्री भएको बेला २०७२ सालदेखि नै सड्यन्त्र सुरु भएको बताए । मुख्यमन्त्री राईलाई पति दावी गर्दै एक महिलाले अंश मागसहित अदालतमा मुद्धा दायर गरेको भालिपल्ट उनले...
इटहरीमा बत्ति राख्दा करेन्ट लागेर एक जनाको मृत्यु

इटहरीमा बत्ति राख्दा करेन्ट लागेर एक जनाको मृत्यु

सुनसरी । सुनसरीको इटहरीमा गएराती करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । घरमा बल्ब राख्ने क्रममा करेन्ट लाग्दा इटहरी उपमहानगरपालिका–६ अनामनगरका ५६ बर्षीय गोपाल न्यौपानेको मृत्यु भएको हो । साँझ करिव ७ बजे करेन्ट लागेर घाईते भएका न्यौपानेलाई उपचारका लागि बिराटनगर स्थित न्युरो अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा राती करिव साँढे ८ बजे उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।
संखुवासभामा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

संखुवासभामा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

संखुवासभा । नोबेल शिक्षण अस्पतालले संखुवासभाको पाँचखपन नगरपालिका–८ चुङ्गखुरुङमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । वडा कार्यालय, न्यौपाने कुलबंश समाज र न्यौपाने बन्धु समाजसँगको सहकार्यमा सञ्चालित शिविरबाट १ हजार १ सय ३० जना बिरामीको निःशुल्क उपचार गरिएको छ । शिविरमा ३ सय ४१ जनाको भिडियो एक्सरे, २ सय ३ जनाको ल्यावटेष्ट र १ सय ५४ जनाको ईसीजी गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले ...
खोटाङमा बेपत्ता भएका युवक पाँच दिनपछि मृत फेला

खोटाङमा बेपत्ता भएका युवक पाँच दिनपछि मृत फेला

खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिका–१ देविस्थानका २१ बर्षीय आशिष राई मृत फेला परेका छन् । फागुन ९ गते साथीहरुसंगै खोटाङ बाह्रपोखरीको वंशीलालघाट तर्फ घुम्न गएका राई त्यहिबाट बेपत्ता थिए । घुम्न गएका राई घर नफर्किएपछि आफन्त र प्रहरीले उनको खोजीलाई तिव्रता दियो । खोजतलासकै क्रममा पाँच दिनपछि जन्तेढुङगा गाउँपालिका–१ कुटिटार स्थित सुनकोशी नदी किनारामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय खोटा...
झापामा जुवाको खालबाट ६ जना पक्राउ

झापामा जुवाको खालबाट ६ जना पक्राउ

झापा । झापाको बिर्तामोड नगरपालिका–४ मन्दा बस्तिमा जुवा खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधवार साँझ साँढे ६ बजे स्थानीय कोपिला लिम्बु तामाङको घरमा जुवा खेलिरहेको अवस्थामा छापा मारेर घरधनीसहितलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा घरधनी २६ बर्षीया तामाङ, हल्दिवारी–४ का ५२ बर्षीय प्रलाद चुँडाल, बिशुलाल मेचे, हल्दिवारी–५ का ३५ बर्षीय डम्बरबहादुर मगर, मेचिनगर नगरपालिका–१...
मोरङ र उदयपुरबाट गाँजासहित ८ जना पक्राउ

मोरङ र उदयपुरबाट गाँजासहित ८ जना पक्राउ

बिराटनगर । उदयपुर र मोरङबाट गाँजा बेचबिखन तथा ओसार पसारमा संग्लग्न ८ जनालाई गएराती प्रहरीले पक्राउ गरेको छ । उदयपुरको बेलका नगरपालिका–३ चिचिला टप्पुमा गाँजा बिक्री बितरण तथा ओसार पसार भईरहेको अवस्थामा पुगेको प्रहरीले ७ जनालाई राती करिव साँढे ११ बजे नियन्त्रणमा लिएको हो । स्थानीय २९ बर्षीय श्याम माझी २ केजी गाँजासहित घरबाटै पक्राउ परेका छन् । त्यस्तै गाँजा ओसार पसारमा संग्लग्न स्थानीय २६ बर्षीय ...
ताप्लेजुङमा ट्याक्टरले किच्दा सह–चालकको मृत्यु, चालक घाईते

ताप्लेजुङमा ट्याक्टरले किच्दा सह–चालकको मृत्यु, चालक घाईते

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–३ मा बुधबारसाँझ ट्याक्टरले किच्दा सोही ट्याक्टरका सह–चालकको मृत्यु भएको छ । ताप्लेजुङको साँघु बजारबाट तालखर्क जाँदै गरेको को.३ त.९३ नम्बरको ट्याक्टर साँझ साँढे ५ बजे बाटोबाट चिल्लेर दुर्घटना हुँदा किचिएर ट्याक्टरका सह–चालक मैवाखोला गाउँपालिका–१ का १८ बर्षीय खगेन्द्र नेपालीको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी ट्याक्टर चालक मेरिङदेन–४ का २१ बर...
सरकारले तयार पार्यो लिम्पियाधुरा र लिपुलेकसहितको नयाँ नक्सा

सरकारले तयार पार्यो लिम्पियाधुरा र लिपुलेकसहितको नयाँ नक्सा

काठमाडौं । सरकारले भारतद्वारा अतिक्रमित गरिएको लिम्पियाधुरा, लिपुलेकलगायत नेपाली भूभाग समेटेर नयाँ नक्सा तयार पारेको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले भारतद्वारा मिचिएको लिम्पियाधुरा, लिपुलेकलगायत नेपाली भूमि समेटेर नयाँ नक्सा तयार पारिएको जानकारी दिइन् । नेपालको हालको नक्सामा भारतद्वारा मिचिएका ती भूमिलाई समावेश नगरिएकाले नागरिक स्तरबाट सकारको कडा आलोचना हु...
झुपडीका हस्दालाई डाक्टर बनाउँदै शर्मा

झुपडीका हस्दालाई डाक्टर बनाउँदै शर्मा

बिराटनगर । सतार समुदायका युवा दिनेश हस्दाले खर्च अभावमा मुस्किलले स्कुलको पढाई सके । राम्रो कलेजमा उच्च शिक्षा हासिल गर्नु उनका लागि धेरै परको कुरा, जेनतेन किताव कपी किन्ने खर्च जुटाउँनसमेत नसक्दा पढाई नै छोड्नुपर्ने अवस्था थियो । अर्काकोमा अधियाँ खेति गरेर जसोतसो जिविकोपार्जन गर्दै आएको हस्दा परिवारले दिनेशको पढाईमा खर्च गर्न नसक्नु स्वभाविक थियो । तर, आर्थिक अभावका कारण सामान्य पढाईमै समस्या ...
तमोरको पानी गाउँमा आएपछि पाँचथरबासी हर्षित

तमोरको पानी गाउँमा आएपछि पाँचथरबासी हर्षित

पाँचथर । तमोर नदीको पानीलाई १७ किलोमिटर माथि डाँडामा पुर्याई गाउँगाउँमा वितरण गर्नु सामान्य कुरा थिएन । प्रविधिको उपयोगले जब यो कार्य सार्थक भयो, नागरिकका घरघरमा खानेपानी पुग्यो । खानेपानीको अभावमा काकाकुल बनेका स्थानीयवासीको मुहारमा खुशी छायो । घरैमा खानेपानीको उपलब्धताले आफ्नै गाउँघरमा बस्न पाइने भएपछि स्थानीयवासी खुशी भएका छन् । पाँचथरमा जनताका न्यूनतम आवश्यकताअन्तर्गत पर्ने खानेपानी र विद्य...
कर्णाली नदीमा जीप खस्दा चालकको मृत्यु

कर्णाली नदीमा जीप खस्दा चालकको मृत्यु

दैलेख । कालीकोटको नरहरिनाथ गाउँपालिकाका–१ जिते बजारस्थित कर्णाली नदीमाा आज बिहान जीप खस्दा चालकको मृत्यु भएको छ । दुर्घटनामा जीप चालक दैलेखको गुराँस गाउँपालिका–४ का १९ वर्षीय चक्रबहादुर खड्काको मृत्यु भएको हो । रासकोटबाट जितेगडा यात्रु र्पुयाएर फर्किने क्रममा लु १ ज.४१४१ नम्बरको जीप कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । यात्रु झारेर ब्याक गर्दा दुर्घटना भएको जिल्ला प्...
मौनाबुधुकलाई चौबिसे रनिङ कप फुटबलको उपाधि

मौनाबुधुकलाई चौबिसे रनिङ कप फुटबलको उपाधि

धनकुटा । चौबिसे गाउँपालिका वडा नं.७ मौनाबुधुकले प्रथम चौबिसे रनिङ कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा वडा नं. ६ राजारानीलाई ०–१ गोल अन्तरले पराजित गर्दै मौनाबुधुकले उपाधिमाथि कब्जा जमाएको हो । निक्कै प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा मौनाबुधुकका १२ नम्बर जर्सीका खेलाडी युगेन लिम्बूले गरेको एकमात्र गोल नै उपाधिका लागि निर्णायक बन्यो । उपाधिसँगै मौनाबुधुकले नगद ५० हजार, शिल्ड, ट्रफी...
सुनको मूल्यमा नयाँ रेकर्ड : तोलाको ८० हजार नाघ्यो

सुनको मूल्यमा नयाँ रेकर्ड : तोलाको ८० हजार नाघ्यो

काठमाण्डौ । सुनको भाउ तोलाको ८० हजार नाघेको छ ।आज तोलामा १५ सय रुपैयाँ बढेर ८० हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । यो अहिलेसम्मकै उच्च भाउ हो । चीनलगायतका देशमा कोरोना भाइरस फैलिएपछि सुनमा लगानीकर्ताको आकर्षण बढ्दा भाउ आकासिएको महासंघअन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताउनुभयो । यस्तै चाँदी आज ५ रुपैयाँ बढेर तोलाको ९ सय २५ रुपैयाँ पुगेको छ ...
एक अर्बको कारोबार गर्दै सकियो बिराट एक्स्पो, साढे तीन लाखले गरे अवलोकन (भिडियोसहित)

एक अर्बको कारोबार गर्दै सकियो बिराट एक्स्पो, साढे तीन लाखले गरे अवलोकन (भिडियोसहित)

बिराटनगर । एक अर्वको आर्थिक कारोवार गर्दै बिराट एक्स्पो सम्पन्न भएको छ । ९ दिनसम्म सञ्चालित प्रदर्शनीलाई करिव ३ लाख ५० हजारले अवलोकन गरेको आयोजक उद्योग संगठन मोरङले जनाएको छ । एक्स्पो समापनका अवसरमा आयोजित कार्यक्रमलाई संबोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सर्वसाधरणको उल्लेख्य उपस्थितीले एक्स्पोको सफलता पुष्टि गरेको धारणा राखे । उनले आगामी बर्ष एक्स्पो सञ्चालनका लागि प्रदर...
डा.शर्माद्वारा दुर्गम जिल्ला कालिकोटमा एम्बुलेन्स प्रदान, ६ करोडको सहयोग घोषणा

डा.शर्माद्वारा दुर्गम जिल्ला कालिकोटमा एम्बुलेन्स प्रदान, ६ करोडको सहयोग घोषणा

कालिकोट । बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले कर्णाली प्रदेशको विकट जिल्ला कालिकोटमा निःशुल्क एम्बुलेन्स प्रदान गरेका छन् । समाजसेवामा सक्रिय डा.शर्माले दुर्गमका बिरामीलाई सहजताका लागि पश्चिम नेपालको बिकट जिल्लामा पुगेर निःशुल्क एम्बुलेन्स प्रदान गरेका हुन् । कालिकोट सदरमुकाम मान्ममा शनिबार आयोजित कार्यक्रममा स्थानीय पृथ्वी रक्तदान तथा बिर फाउण्डेशनलाई एम...
संखुवासभामा अल्लो कपडाको व्यापार फस्टाउँदै

संखुवासभामा अल्लो कपडाको व्यापार फस्टाउँदै

संखुवासभा । अल्लो कपडा लगाउँदा गर्मीमा चिसो र जाडोमा तातो हुने विशेषताले पनि यसको माग देश तथा विदेशसम्म हुने थालेको छ । प्रख्यात कोसेलीका रूपमा प्रयोग हुने अल्लोको माग विदेशमा समेत बढेको व्यवसायी बताउँछन् । जिल्लाबाहिरबाट आएका आन्तरिक पर्यटक र कर्मचारीले संखुवासभाबाट घर जादाँ वा नातेदार र साथीभाई भेट्न जाँदा अल्लोका कपडा उपहार लिएर जाने गर्छन् । अहिले संखुवासभा बस्ने अधिकांश मानिसले अल्लोबाट बन...
गायिका जोशीले तताईन बिराटनगरको माहोल (भिडियोसहित)

गायिका जोशीले तताईन बिराटनगरको माहोल (भिडियोसहित)

बिराटनगर । ‘बेहुली’ बोलको गीत गाउँदै स्टेज प्रवेश गरेकी गायिका इन्दिरा जोशीले शुक्रबारसाँझ बिराटनगरको चिसो माहोललाई तताईन् । बिराटनगरमा जारी बिराट एक्स्पोमा आधा दर्जन गीत गाएकी जोशीले सवैमा दर्शकको राम्रो साथ पाईन् । ‘बाँझो खेतमा छड्के सलाम छ माँयालाई पहिलो भेटमा..’ गीतबाट दर्शकलाई नचाउँन सुरु गरेकी उनले ‘चौबन्दी चोली अनि रातो घाँगर’ मा माहोल तताईन् । ‘छुनलाई होईन हेर्न चै पाईन्छ, आँखालाई सेक्न...
बिराट एक्स्पो : सात दिनमा ३४ करोड कारोबार

बिराट एक्स्पो : सात दिनमा ३४ करोड कारोबार

बिराटनगर । बिराटनगरमा जारी कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी (बिराट एक्स्पो) मा बिहिबारसम्म ३४ करोड भन्दा बढीको आर्थिक कारोवार भएको छ । प्रदर्शनीको सातौं दिनसम्म उत्साहजनक आर्थिक कारोवार भएको आयोजक उद्योग संगठन मोरङले जनाएको छ । ‘आर्थिक विकासको मूल आधार, कृषि पर्यटन, उद्योग र व्यापार’ नारासहित सञ्चालन भईरहेको प्रदर्शनीमा लक्ष्य अनरुप नै कारोवार भईरहेको आयोजक समिति संयोजक भोलेश्वर दुला...
सञ्चारमन्त्री गोकुल बास्कोटाद्वारा राजीनामा

सञ्चारमन्त्री गोकुल बास्कोटाद्वारा राजीनामा

सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् । ७० करोड घुस मागेको विवादमा फसेपछि उनले राजीनामा दिएका हुन् । संसदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले यसको जानकारी दिएका हुन् ।
कमिसन मागेको अडियो सार्वजनिक भएपछि सञ्चारमन्त्री बाँस्कोटाको सर्वत्र आलोचना

कमिसन मागेको अडियो सार्वजनिक भएपछि सञ्चारमन्त्री बाँस्कोटाको सर्वत्र आलोचना

काठमाडौँ । सेक्यूरिटी प्रेस खरिदका क्रममा प्राप्त हुने कमिसन सम्बन्धि अडियो सार्वजनिक भएपछि सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाको सर्वत्र आलोचना भएको छ । लेखा समितिमा छानबिनका क्रममा रहेको विषयसँग सम्बन्धित अडियो बिहीबार सार्वजनिक भएको हो । अडियो बाहिरिएसँगै वाँस्कोटाको आलोचनाले सामाजिक सञ्जाल भरिएको छ । मन्त्री बाँस्कोटाप्रति धेरैले व्याङ्ग्य गरिरहेका छन् । सेक्यूरिटी प्रेससँग सम्बन्धित एक...
छिन्ताङ हत्याकाण्डका सहिद परिवारले ४० बर्षपछि पाए राहत

छिन्ताङ हत्याकाण्डका सहिद परिवारले ४० बर्षपछि पाए राहत

धनकुटा । खोकु–छिन्ताङ–आँखिसल्ला हत्याकाण्डका सहिद परिवारले ४० वर्षपछि बुधबार राज्यको तर्फबाट राहत पाएका छन् । २०३६ सालमा हत्या गरिएका १६ व्यक्तिका परिवारलाई प्रदेश नम्बर १ सरकारले राहत उपलब्ध गराएको हो । सहिदभूमी गाउँपालिकाको छिन्ताङ स्थित सहिद पार्कमा कार्यक्रम गरी मुख्यमन्त्री शेरधन राईले प्रति परिवार पाँच लाखका दरले राहत वितरण गरेका हुन् । सहिद पुत्रमान थुलुङ राई, गोपाल आनन्द राई, रणध्वज पु...
घोर्लिखर्कमा सेनाले गर्यो निःशुल्क स्वास्थ्य शिविर

घोर्लिखर्कमा सेनाले गर्यो निःशुल्क स्वास्थ्य शिविर

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका–५ घोर्लिखर्कमा नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । वडा कार्यालयसँग सहकार्य गरेर सञ्चालन गरिएको शिविरमा ४ सय २८ जना बिरामीको स्वास्थ्य परिक्षण गरिएको आयोजक वरख गणले जनाएको छ । शिविरमा नेपाली सेनाका सहसेनानी डा. नरेन्द्र क्षत्री, जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.पुजन विश्वकर्मा लगायत चिकित्सकहरुको टोलीले बिरामीको स्वास्थ्...
ईटहरीमा पूर्वेली म्युजिक अवार्ड हुने

ईटहरीमा पूर्वेली म्युजिक अवार्ड हुने

ईटहरी। मोफसलमा पहिलोपटक लोक गीत संगित क्षेत्रमा सर्बाधिक बिधा समेटिएको पूर्वेली म्युजिक अवार्ड आयोजना हुने भएको छ । ईटहरीमा आगामी फागुन १४ गते आयोजना हुने कार्यक्रममा २२ वटा बिधामा अवार्ड प्रदान गरिने छ । पूर्वेली मिडिया नेटवर्कको आयोजनामा राजधानी बाहिर पहिलोपटक शुद्ध मौलिक लोकगीत, संगित, कला, संस्कार र संस्कृतिको सम्र्बद्धन र प्रर्बद्धनमा टेवा पुर्याउने उद्धेश्यका साथ सो अवार्ड आयोजना हुन लागेक...
पाख्रीवास वडा नं.४ ले जित्यो दोस्रो मेयरकप फुटबलको उपाधि

पाख्रीवास वडा नं.४ ले जित्यो दोस्रो मेयरकप फुटबलको उपाधि

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकामा सञ्चातिल अन्तरवडा स्तरीय दोस्रो मेयरकप फुटवल प्रतियोगिताको उपाधि वडा नं.४ ले जितेको छ । फाइनलमा वडा न ८ लाई ०–१ गोलले पराजित गर्दै वडा नं. ४ बिजयी बनेको हो । मध्यान्तरपछिको ३९ औं मिनेटमा जर्सी नं ११ का विनोद बुढाथोकीले एकमात्र निर्णायक गोल गर्दै टिमलाई बिजयी गराएका हुन् । जितसँगै वडा नं ४ ले नगद १ लाख ५१ हजारसहित ट्रफी, मेडल र प्रमाण–पत्र पाएको छ भने उप–व...
विद्युत् चुहावट नियन्त्रण अभियान प्रभावकारी हुँदा जोगियो १० अर्ब रकम

विद्युत् चुहावट नियन्त्रण अभियान प्रभावकारी हुँदा जोगियो १० अर्ब रकम

काठमाण्डौं । सरकारको सार्थक प्रयास तथा नेपाल विद्युत् प्राधिकरणको नियमित क्रियाशीलताका कारण विद्युत् चुहावटबाट खेर जाने रु १० अर्ब बराबरको रकम जोगिएको छ । प्राधिकरणले देशव्यापीरुपमा सञ्चालन गरेको चोरी तथा चुहावट नियन्त्रणको सार्थक परिणाम देखापरेको छ । चुहिएर जाने विद्युत्को समेत आर्थिक लाभ प्राप्त भएको छ । नियमित विद्युत् आपूर्ति पछि चोरी तथा चुहावटमा संलग्नसमेत हच्किएका छन् । सकारात्मक परिणाम प...
बिराटनगरमा बिराट एक्स्पो सुरु, मुलुकमा लगानीको वातावरण बनेको अर्थमन्त्रीको दावी

बिराटनगरमा बिराट एक्स्पो सुरु, मुलुकमा लगानीको वातावरण बनेको अर्थमन्त्रीको दावी

बिराटनगर । बिराटनगरमा शुक्रबारदेखि कृषि तथा औद्योगिक अन्र्तराष्ट्रिय प्रदर्शनी (बिराट एक्स्पो) सुरु भएको छ । उद्योग संगठन मोरङको आयोजनामा सुरु भएको प्रदर्शनीलाई अर्थमन्त्री डा.युवराज खतिवडाले शान्तिको दूत परेवा उडाएर उद्घाटन गरेका छन् । प्रदर्शनी उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले उद्योग व्यावसाय क्षेत्रको अर्थतन्त्रलाई चलायमान बनाउँन एक्स्पोले सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘एक्स्पोमा उल्ले...
error: Content is protected !!