मन्त्रीले माफी माग्नुपर्ने भन्दै माओवादी केन्द्रद्वारा प्रदेशसभा बैठक अवरुद्ध
विराटनगर । विपक्षी दलको अवरोधका कारण प्रदेश १ प्रदेशसभा बजेट अधिवेशनको आज बसेको बैठक स्थगित भएको छ । नेकपा माओवादी केन्द्रका सांसदहरुको अवरोधका कारण बैठक स्थगित भएको हो ।
विनियोजन विधेयक २०७८ मा निर्दिष्ट गरिएको भौतिक पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित शीर्षक उपरको छलफलमा, सदनमा उठेका प्रश्न तथा जिज्ञासाको जवाफ दिने क्रममा आईतबार प्रदेश १ सरकारका भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुर...


























