प्रदेशको बजेट आज सार्वजनिक गरिदै
विराटनगर । प्रदेश १ सहित सात वटै प्रदेशले आगामी आर्थिक बर्ष ०७९/८० का लागि आज संसदमा बजेट पेश गर्दैछन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन–२०७४ ले हरेक बर्ष असार १ गते आगामी आर्थिक वर्षको आयव्यय (बजेट) संसदमा पेस गर्नुपर्ने व्यवस्था गरे बमोजिम सवै प्रदेशले संसदमा बजेट पेश गर्न लागेका हुन् ।
प्रदेश १ सरकारले करिब ३८ अर्ब रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्दैछ । जसका लागि दिउँसो २ बजे प्रदेश सभाको ब...



























