डा. शर्माद्वारा सञ्चालित ‘एम्बुलेन्स क्याम्प’ बाट १५ सय बिरामीले पाए गाउँमै निःशुल्क उपचार
विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले सञ्चालन गराएको ‘एम्बुलेन्स क्याम्प’ बाट विगत दुई साताको अवधिमा मोरङको क्षेत्र नं.३ का एक हजार पाँच सय भन्दा बढी विरामीले गाउँमै निःशुल्क उपचार पाएका छन् । नोबेल अस्पतालमार्फत डा.शर्माले बेलबारी, सुन्दरहरैचा र पथरीशनिश्चरे नगरपालिका तथा कानेपोखरी गाउँपालिकामा जेठ दोस्रो साताबाट ‘एम्बुलेन्स क्याम्प’ सञ्चालन गराएक...





























