धनकुटा भलिबल संघको अध्यक्षमा कार्की
धनकुटा । भलिबल संघ धनकुटाको अध्यक्षमा गौरव कार्की निर्वाचित भएका छन् । शनिबार सम्पन्न संघको १४ औं जिल्ला अधिवेशनले कार्कीको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति निर्माण गरेको हो ।
समितिको उपाध्यक्षमा गणेश पाण्डे र दिनेश सुवेदी, महासचिवमा रविनकुमार लिम्बु र कोषाध्यक्षमा अमृत राई चयन भएका छन् । त्यस्तै समितिको सदस्यहरुमा राष्ट्रमिला राई, जुनु राई, सुवन राई, सुरज लिम्बु, पदम भट्टराई, सुविन राई, ...



























