विराटनगरबाट पौने दुई करोडको कपडासहित दुईवटा ट्रक नियन्त्रणमा
विराटनगर । विराटनगरबाट प्रहरीले पौने दुई करोड मूल्य बराबरको अवैध कपडासहित दुई वटा ट्रक नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले विराटनगर-१४ स्थित रानी–रोडषेश सडकखण्डबाट आइतबार साँझ ट्रक नियन्त्रणमा लिएको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेको प्र ३-०१-००५ ख ९४२५ र प्र ३-०१-००६ ख १३०८ नम्बरको ट्रक नियन्त्रणमा लिइएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीले जानकारी द...































