स्थानीय तहको उपनिर्वाचन मंसिर तेस्रो साता, कोशीका सात स्थानमा हुने
विराटनगर । निर्वाचन आयोगले आगामी मंसिर तेस्रो साताभित्र स्थानीय तहको उपनिर्वाचन गराउने तयारी सुरु गरेको छ । आयोगले स्थानीय तहमा रिक्त ३४ पद उपनिर्वाचनको माध्यमबाट पूर्ति गर्ने तयारी गरेको हो ।
कोशी प्रदेशमा एक गाउँपालिका अध्यक्षसहित सातजना जनप्रतिनिधिको पद रिक्त छ । मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष पद रिक्त छ । सुनसरीको गढी गाउँपालिका–६ को वडाध्यक्ष पद रिक्त छ भने झापाको कनकाई नगरपालिका–६ क...






























