उर्लाबारीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु
विराटनगर । महेन्द्र राजमार्गअन्तर्गत उर्लाबारी-३ मङ्गलबारेमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा उर्लाबारी-८ का २८ वर्षीय मनिष लिम्बुको मृत्यु भएको हो ।
गएराति निर्माणाधीन कल्भर्टमा स्कुटर ठोक्किँदा लिम्बु घाइते भएका थिए । दुर्घटना लगत्तै उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नोवेल अस्पताल विराटनगर ल्याइएको थियो ।
उनको उपचारका क्रममा...






























