धरानको सेउती पुलबाट चार सय १० किलो गाँजा बरामद
विराटनगर । सुनसरीको धरान उप-महानगरपालिका-६ बाट प्रहरीले गाँजा बरामद गरेको छ । आज बिहानको राति करिब साढे २ बजे बेवारिसे अवस्थामा राखिएको बा १५ च ७६३३ नम्बरको गाडीबाट प्रहरीले गाँजा बरामद गरेको हो ।
गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पानमारा जङ्गल स्थित सेउती पुलबाट गाडीसहित चार सय १० किलो गाँजा बरामद गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी क...































