संगालोखबर
साङ्केतिक तस्बिर : एआईको सहयोगमा

विराटनगर । विराटनगरमा उपचारका लागि लगिएका एक कैदी अस्पतालबाट फरार भएका छन् । विराटनगर-७ स्थित क्षयरोग अस्पतालमा उपचाररत कैदी सुरक्षाकर्मीको आँखा छलेर फरार भएका हुन् ।

भारतको आसाम घर भई हाल झापाको भद्रपुर नगरपालिका-४ मा बस्दै आएका ३० वर्षीय सुमन भनिने सन्तोष राई चोरी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका थिए ।

Advertisement

‘सोमबार अस्पतालबाट डिस्चार्ज हुने कुरा थियो । तर सुरक्षाकर्मीको आँखा छलेर फरार भएछन्’, मोरङ कारागार प्रशासक नारायण न्यौपानेले संगालोखबरसँग भने, ‘खोजी भइरहेको छ । फेला परेका छैनन् ।’

न्यौपानेका अनुसार गत बैशाख २५ गते राईलाई मोरङ कारागारमा स्थानान्तरण गरिएको थियो । त्यसपछि उनलाई बैशाख २८ गते क्षयरोग अस्पतालमा भर्ना गरेर उपचार भइरहेको थियो ।

‘क्षयरोगको उपचार लामो समय गर्नुपर्ने भएकाले उनलाई अस्पतालमै राखिएको थियो’, उनले थपे, ‘गत बैशाख २८ गतेदेखि उनको उपचार भइरहेको थियो । झापाबाट यहाँ बैशाख २५ गते स्थानान्तरण भएको थियो ।’ फरार कैदीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!