धनकुटाबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–८ सिन्कुलाबाट गएराती भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ३२ बर्षीय तेजकुमार बिक र ३८ वर्षीय मनभा राई छन् ।
भरुवा बन्दुक बोकेर प्र–१–०२–०४७ प १८८० नम्बरको मोटरसाइकलमा ढुंग्रेबाट सिन्कुला आउँदै गर्दा राती करिब १० बजे उनीहरूलाई पक्राउ गरिएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । विकले चलाएको मोटरसाइकलमा ...































