सहिदभूमिको बजेट ४५ करोड ५८ लाख
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ४५ करोड ५८ लाख ७५ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष मनोज राईको अध्यक्षतामा आइतबार भएको दोस्रो गाउँसभाको पाँचौ अधिवेशनमा उपाध्यक्ष रत्नश्वरी राईले आगामी आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।
कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर ३७ लाख बजेट विनियोजन गरिएको छ । व्यावसायिक पशुपालन का...































