संगालोखबर

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्री विवादमा तत्कालीन मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । आज मुख्यमन्त्री हिक्मतबहादुर कार्कीका तर्फबाट बहस हुने भएको छ । मुद्दा सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने भएको हो ।

Advertisement

न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासमा जेठ ३१ गतेदेखि बहस सुरु भएको थियो । यसअघि निवेदक कार्कीका तर्फबाट बहस भएको थियो ।

रिट निवेदकका तर्फबाट जेठ ३१ गते अधिवक्ता अपूर्व खतिवडा, वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, यदुनाथ खनाल, शेरबहादुर केसी, शम्भु थापा, अधिवक्ताहरू ललितकुमार बस्नेत, विकास भट्टराई लगायतले बहस गरेका थिए ।

मुख्यमन्त्री कार्कीका तर्फबाट भने वरिष्ठ अधिवक्ताहरू रमेश बडाल, रविनारायण खनाल, टिकाराम भट्टराई लगायतले बहस गर्ने भएका छन् । निवर्तमान मुख्यमन्त्री कार्कीले आफू पदमा रहेकै बेला अर्को मुख्यमन्त्री नियुक्ति गर्नु असंवैधानिक भएको दाबी गर्दै रिट दायर गरेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!