- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटामा खुकुलो प्रावधानसहित आठ दिन निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको निर्णय बमोजिम प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले असार ११ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेका हुन् ।

Advertisement

यसअघि बिहिबार राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । निषेधाज्ञाको अवधि सकिने दिन बिहिबार प्रमुख जिल्ला अधिकारी दाहालले थप निषेधाज्ञा आदेश जारी गरेका हुन् । प्रशासनले खुकुलो प्रावधानसहित निषेधाज्ञा थप गरेको हो । यसअघि खुल्दै आएका पसलहरु खोल्ने समयावधि बढाइएको छ भने अन्य पसलहरुलाई पनि खोल्ने अनुमति दिइएको छ । बैक खुल्ला हुँने समय पनि थप गरिएको छ । अब निषेधाज्ञा अवधिमा पनि फेन्सी, कपडा, किराना, इलेक्ट्रोनिक्स, भाँडा र हाडवेयरका पसलहरु बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म खोल्न पाइने भएको छ । यसअघि अत्यावश्यक र दैनिक उपभोग्यबाहेकका पसल खोल्न रोक लगाइएको थियो ।

त्यस्तै, खाद्यान्न, फलफुल, तरकारी, पानी, माछा, मासु, अण्डा, दुग्धजन्य पदार्थ, ग्याँस लगायत दैनिक उपभोग्य बस्तुका पसलहरु खोल्ने अवधि पनि बढाइएको छ । हालसम्म दैनिक उपभोग्य बस्तुका पसल बिहान ७ बजेदेखि १० बजेसम्म तीन घण्टा मात्र खोल्न दिइएको भएपनि अब बिहान ६ बजेदेखि १ बजेसम्म दैनिक सात घण्टा खोल्न दिइने भएको छ ।

कृषि र पशुपालनसँग सम्बन्धी मल, विउविजन, विरुवा, किटनाशक औषधि र पशु आहार बिक्रि गर्ने पसलहरु खोल्ने समय पनि चार घण्टाबाट बढाएर छ घण्टा पुयाइएको छ । बिहान ७ देखि ११ बजेसम्म मात्र खुल्दै आएका यस्ता पसलहरु अब दिउँसो १ बजेसम्म खोल्न पाइनेछ । यता, बैक तथा वित्तिय संस्थाहरु खोल्ने समय पनि दुई घण्टा थप गरिएको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म मात्र खुल्दै आएका बैंक तथा वित्तिय सस्थाहरु अब बिहान ८ देखि दिउँसो १ बजेसम्म खुल्ने भएका छन् ।

यस्तो छ निषेधाज्ञा आदेश…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!