संगालोखबर सम्बाददाता

मोरङ । मोरङमा दुई जना बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक भारतीय युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको अररिया घर भई रतुवामाई नगरपालिका–६ कादुपाडा बस्ने २० वर्षीय मोहमद अझरुदिन छन् ।

Advertisement

मोहमदले चार र सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको उजुरी परेपछि ईलाका प्रहरी कार्यालय सिजुवाले उनलाई पक्राउ गरेको हो । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!