ओखलढुंगा । ओखलढुंगामा बारीको डिलबाट लडेर एक जनाको मृत्यु भएको छ । घर नजिकै बारीको डिलबाट लड्दा सिद्दिचरण नगरपालिका–४ रुम्जाटारका ६७ बर्षीय बीरबहादुर ठटालको मृत्यु भएको हो ।
बिहिबार बेलुका साढे ६ बजे लडेर बेहोस भएको अवस्थामा परिवारका सदस्यले उनलाई फेला परेका थिए । त्यहाँबाट उठाएर घर पुर्याउँनासाथ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
















