- संगालोखबर सम्वाददाता

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ३ मोतिगढाका पर्शुराम चौधरी अटोमेटिक पेस्तोलसहित पक्राउ परेका छन् । ५० बर्षीय चौधरीलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो ।

Advertisement

उनले हतियार लुकाएर राखेको सुचनाको आधारमा गएराती करिब १० बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उनको कोठा खानतलासी गरेको थियो । खानतलासी गर्दा कोठामा मेड ईन यूएस्ए लेखिएको अटोमेटिक पेस्तोल एक थान र पाँच राउण्ड गोली फेला परेको प्रहरीले जनाएको छ ।

उनको कोठामा अखिल नेपाल ट्रेड युनियन महासंघ लेखिएको सहयोग रसिद आठ ठेली, नेकपा माओबादी केन्द्र लेखिएको सदस्यता पत्र तीन थान र अखिल नेपाल निर्माण मजदुर संघ लेखिएको सदस्यता पत्र ८५ थानसमेत बरामद भएको छ । चौधरीलाई पक्राउ गरेर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!