- सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाले कोरोना संक्रमण पुष्टि भएर उपचार गराउँन जाँने बिरामी र संक्रमणका कारण मृत्यु भएका परिवारलाई राहत दिने भएको छ । गाउँपालिकाले कोरोना संक्रमितको उपचार गराउँदा खाना खर्च र मृतकका परिवारलाई मृत्यु संस्कार खर्च दिने भएको हो ।

Advertisement

गाउँपालिकाभित्र स्थायी रुपमा बसोबास गर्ने व्यक्ति कोरोना संक्रमित भई अस्पताल जानु पर्ने भएमा प्रति दिन सात सय रुपैयाँका दरले अधिकतम एक महिनासम्मका लागि खाना खर्च उपलब्ध गराइने भएको छ । त्यस्तै कोरोना संक्रमणका कारण मृत्यु भएका परिवारलाई मृत्यु संस्कारका लागि राहत स्वरुप ३० हजार रुपैयाँ दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष खजिन्द्र राईले जानकारी दिए ।

उनका अनुसार संक्रमण पुष्टि भएर होम आइसोलेशनमा बसेकाहरुलाई स्वास्थ्य परामर्शसहित भिटामिन, मास्क, सेनिटाइजर लगायत स्वास्थ्य सामाग्रीहरु वितरण पनि गरिदै आएको छ ।

चौबिसेमा हालसम्म ३३० जनाको कोरोना परीक्षण गर्दा ८२ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये १ जनाको मृत्यु भएको छ भने ६५ जना संक्रमणमुक्त भएका छन् । अहिले १६ जना सक्रिय संक्रमित होम आइसोलेशनमा रहेको गाउँपालिकाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!