संगालोखबर सम्बाददाता

मोरङ । मोरङको सुन्दरहरैंचा नगरपालिका–८ स्थित पूर्व–पश्चिम राजमार्गमा गएराती सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रोलरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक नबलपरासीको गैडाकोट–९ घर भई सुन्दरहरैंचा–८ बस्ने २५ बर्षीय गोकुल भनिने यामबहादुर थापाको मृत्यु भएको हो ।

Advertisement

राती करिब ८ बजे पूर्वबाट आउँदै गरेको अन टेस्ट रोलरमा सोही दिशाबाट आउँदै गरेको को ३५ प ५९७१ नम्बरको मोटरसाइकल ठोक्किएको हो । दुर्घटनामा घाइते भएका थापाको विराटनगरस्थित कोशी अस्पतालमा उपचारका क्रममा राती करिब ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको पछाडि सवार स्थानीय ३० बर्षीय रुपक खड्का पनि घाइते भएका छन् । धरानमा उनको उपचार भइरहेको छ । रोलर र चालक कटहरी गाउँपालिका–४ का ३३ बर्षीय सरोज कुमार गौतमलाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!