मोरङ । नेपाल स्काउटको ७० औँ स्थापना दिवसको अवसरमा नेपाल स्काउट बेलबारी नगर समितिले बृक्षारोपण गरेको छ । बेलबारी नगरपालिकाको प्राङ्गणमा फलफुलका बिरुवा रोपेर स्काउटले स्थापना दिवस मनाएको हो ।
नगर प्रमुख ज्ञानेन्द्र सुवेदी र उप–प्रमुख ढाका कुमारी पराजुलीले आप, स्ट्रवेरी, अम्बा लगायतका बिरुवा रोपेका छन् । विरुवा रोप्दै स्काउटका संरक्षकसमेत रहेका नगर प्रमुख सुवेदीले स्काउटको कामको प्रशंसा गरे ।
नगरपालिकासँगको सहकार्यमा बेलबारी स्काउटले कोरोनाबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनसमेत गर्ने गरेको स्काउट बेलबारीका संयोजक बादल देवानले बताए । त्यस्तैगरी सुन्दरहरैंचा नगरपालिकामा पनि बृक्षारोपण गरी स्काउटको स्थापना दिवस मनाइएको छ ।
















