- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटा नगरपालिका–६ सल्लेरीस्थित कोशी राजमार्गमा मंगलबार बिहान सवारी दुर्घटना भयो । उकालो सडकमा जाँदै गरेको ट्रक ब्रेक फेल भई पछाडि सरेर मोटरसाइकललाई किचेपनि मोटरसाइकलका चालकले भने भागेर ज्यान जोगाएका छन् ।

Advertisement

इटहरीबाट सिमेन्ट बोकेर संखुवासभाको चैनपुर जाँदै गरेको को.१ ख ४१५९ नम्बरको ट्रकले पछाडि आउँदै गरेको को.३४ प ८०३० नम्बरको मोटरसाइकललाई किचेको हो । उकालो सडकमा जाँदै गरेको ट्रक पछाडि गुड्किएर किच्दा बाईक पूर्ण रुपमा क्षति भएको छ । तर, मोटरसाइकलमा सवार धनकुटा नगरपालिका–६ कचिडेका मोहन ढुंगानाले ब्रेक फेल भएको ट्रक पछाडि सर्दै गर्दा हत्तपत्त मोटरसाईकल छोडेर भागी ज्यान जोगाएका हुन् ।

जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्राविधिक नायब सुब्बासमेत रहेका मोटरसाइकल चालक ढुंगानाले हत्तपत्त मोटरसाइकल छोडेर भाग्नाले ज्यान बचेको प्रतिक्रिया दिए । ‘उभो जाँने क्रममा ट्रक मेरो अगाडि थियो । गुड्दै गरेको ट्रक ब्रेक फेल भएर पछाडि म तिरै गुड्किन थाल्यो । बाईक तर्काउँने केही उपाय नभएकाले हत्तपत्त बाईक छोडेर भागे,’ ढुंगानाले संगालोखबरसँग भने, ‘मैले बाईक छोडेर नालितिर दुई फड्का हान्ने वित्तिकै ट्रकले बाइक कच्याककुचुक पार्यो । २ सेकेण्ड मात्रै ढिलो भएको भए म बाँच्ने थिइन् ।’

ओरालो सडकमा मोटरसाइकल किच्याउँदै ट्रक गुड्कियो । ट्रकको मुनी छिरेको मोटरसाइकल झण्डै ७० मिटरसम्म ट्रकको मुनी चेपिएर घिस्रिएको थियो । अन्नतः सडकको भित्तामा ठोक्किएर ट्रक रोकियो । ट्रक रोकिदा बाइक ट्रकको चक्का मुनी किचिएको थियो । दुर्घटनाबाट बाइक पूर्ण रुपमा क्षति भएपनि मानवीय क्षति हुँनबाट जोगिएको हो । ट्रकका चालक पनि सकुशल छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!