- संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा आज बिहान पैनीको डिलबाट लडेर एक बृद्धको मृत्यु भएको छ । घर नजिकै पैनीको डिलमा चिप्लिएर लड्दा थुलुङ दुधकोशी–४ क्यामेका ७८ बर्षीय अगम शेर राईको मृत्यु भएको हो ।

घरबाट हिडेका राईको पैनीको डिलमा लडेर मृत्यु भएको अवस्थामा बिहान करिब ९ बजे शव फेला परेको प्रहरीले जनाएको छ । जानकारी पाएपछि प्रहरी चौकी सुकेपोखरीबाट प्रहरी टोली घटनास्थल गएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!