संगालोखबर सम्वाददाता

संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिका ३ स्थित निर्माणाधिन अरुण तेस्रो जलबिधुत आयोजना पुखुवामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

Advertisement

टिपरबाट ढुंगा अनलोड गर्ने क्रममा वुधवार राती करिब ९ बजे पाथिभरा कन्ट्रक्सनको बा.५ ख १४० नम्बरको टिफर भीरबाट खसेको हो । दुर्घटनामा परी धनकुटाको पाख्रीवास बजारका २२ बर्षीय दिपेश भट्टराईको मृत्यु भएको हो । उनी सोही टिपरमा काम गर्दै आएका थिए । दुर्घटनामा टिपर चालक काभ्रेपलान्चोकको भकुण्ढेबेसीका २० बर्षीय नवराज श्रेष्ठ घाइते भएका छन् ।

ढुंगा अनलोड गर्ने क्रममा पछाडि सार्दा अनियन्त्रित भई भीरबाट करिब ३ सय मिटर तल अरुण नदीको बगरमा टिपर खसेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि अस्थाई प्रहरी बेश पुखुवा दोभानबाट प्रहरी टोली घटनास्थल गएर घाइतेको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल खाँदबारी लगिएको छ ।

मृतकको शवलाई पनि पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!