संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष धर्मलाल श्रेष्ठको निधन भएको छ । धनकुटाको हुलाकटोल निवासी ७९ बर्षीय श्रेष्ठको आज दिउँसो करिब ३ः३० बजे निधन भएको हो ।

Advertisement

श्वासप्रश्वासमा समस्या देखिएपछि श्रेष्ठलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । त्यहाँ उपचार सम्भव नहुँने भनेर डाक्टरले घर लैजान सुझाव दिएपछि घर फर्काउँदै गर्दा उनको मृत्यु भएको उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिए ।

स्वर्गिय श्रेष्ठको पार्थिव शरिरलाई मुलघाटमा आजै अन्त्येष्टि गर्ने बताइएको छ । उनी २०५८ देखि ०६२ सालसम्म दुई कार्यकाल उद्योग बाणिज्य संघको अध्यक्ष बनेका थिए । उनका श्रीमतीसहित एक छोरा र एक छोरी छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!