- संगालोखबर सम्वाददाता

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ३९३ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ४२९ जनाको पीसीआर परीक्षण गर्दा १७५ महिला र २१८ जना पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । मोरङमा १४५, सुनसरीमा ९०, झापामा ६७, पाँचथरमा ३९, तेह्रथुममा १३, उदयपुरमा ९, इलाममा ७, संखुवासभा र धनकुटामा ३/३, भोजपुरमा २, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ८३, सुन्दरहरैंचामा २०, उर्लाबारीमा ६, पथरीशनिश्चरे र बेलबारीमा ५/५, केराबारी र लेटाङमा ४/४, मिक्लाजुङ, कटहरी, रंगेली र बुढीगंगामा ३/३, रतुवामाई र ग्रामथानमा २/२, कानेपोखरी र जहदामा १/१ जनामा संक्रमण देखिएको छ । त्यस्तै सुनसरीको धरानमा ४५, इटहरीमा ३०, दुहवीमा ४, बराहक्षेत्रमा ३, देवानगञ्ज, रामधुनी र इनरुवामा २/२, गढी कोशी गाउँपालिका र बराहक्षेत्रमा १/१, झापाको विर्तामोडमा १५, हल्दिबारीमा १०, मेचीनगर र कनकाईमा ८/८, अर्जुनधारा र दमकमा ६/६, भद्रपुर र शिवसताक्षीमा ४/४, कमल गाउँपालिकामा २, कचनकवल, बुद्धशान्ति, बाह्रदशी र गौरादहमा १/१ जना संक्रमित थपिएका हुन् ।

यता, पाँचथरको फिदिममा ३९, तेह्रथुमको म्याङलुङमा १३, उदयपुरको कटारी र चौदण्डीगढीमा ३/३, त्रियुगामा २ र बेलकामा १, इलामको सुर्योदय र रोङमा २/२, इलाम नगरपालिका, चुलाचुली र माईमा १/१, संखुवासभाको खाँदबारी, मादि र चैनपुरमा १/१, धनकुटाको धनकुटा नगरपालिकमा २ र छथर जोरपाटीमा १, भोजपुरको भोजपुर नगरपालिका र स्थानीय तह नखुलेका १/१, ताप्लेजुङको मिक्वाखोलामा १ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६७ हजार २२८ पुगेको छ । यसैबीच आज १ हजार २९९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ५५५ महिला र ७४४ पुरुष रहेका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ५२ हजार ३७३ पुगेको छ भने १३ हजार ७८३ सक्रिय संक्रमित छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!