- संगालोखबर सम्वाददाता

विराटनगर । विगत २४ घण्टको अवधिमा प्रदेश १ मा ३८५ जना कोरोना संक्रमित थपिएका छन् । १ मा आज १ हजार ४३१ जनाको पीसीआर परीक्षण गर्दा १६५ महिला र २२० पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । झापामा १७७, सुनसरीमा ९१, मोरङमा ८०, संखुवासभामा ७, इलाममा ६, पाँचथरमा ४, धनकुटामा २, ताप्लेजुङ, तेह्रथुम र खोटाङमा १/१ र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएका मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार झापाको विर्तामोडमा ५४, भद्रपुरमा ३४, मेचीनगरमा १९, दमकमा १७, अर्जुनधारामा २२, शिवसताक्षीमा ९, कनकाईमा ८, बुद्धशान्तिमा ८, हल्दिबारी र कमल गाउँपालिकामा ४/४, बाह्रदशी, झापा गाउँपालिका र स्थानीय तह नखुलेका २/२, कचनकवल र गौरादहमा १/१ जनामा संक्रमण देखिएको छ । त्यस्तै सुनसरीको धरानमा ३९, इटहरीमा ३१, रामधुनीमा ५, दुहवी र बराहक्षेत्रमा ३–३, बर्जुमा २, इनरुवा र भोक्राहानरसिंहमा १/१ र स्थानीय तह नखुलेका ६ , मोरङको विराटनगरमा ५८, सुन्दरहरैचामा ८, उर्लाबारी र स्थानीय तह नखुलेका २/२, लेटाङ, रंगेली, कानेपोखरी, कटहरी, मिक्लाजुङ र बेलबारीमा १/१ जना संक्रमित भएका हुन् ।

त्यसैगरी संखुवासभाको पाँचखपन र चौनपुरमा ३–३, खाँदबारीमा १, इलामको इलाम नगरपालिकामा २, चुलाचुली, माईजोगमाई, सुर्योदय र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिममा ३, फाल्गुनन्दमा १, धनकुटाको धनकुटा नगरपालिकामा २, ताप्लेजुङ, तेह्रथुम र खोटाङमा १–१, प्रदेश १ बाहिरका १५ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६६ हजार ४४२ पुगेको छ । प्रदेश १ मा आज २३२ महिला र ३२५ पुरुष गरी ५५७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संंक्रमणमुक्त हुनेको संख्या ४९ हजार ७९५ पुगेको छ भने संक्रिय संक्रमित १५ हजार ५५६ छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!