- संगालोखबर सम्बाददाता

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ३९४ जना कोरोना संक्रमित थपिएका छन् । १ मा आज १ हजार २७३ जनाको पीसीआर परीक्षण गर्दा १८८ महिला र २०६ जना पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । झापामा १४१, मोरङमा १२५, सुनसरीमा ८३, उदयपुरमा १८, संखुवासभामा ६, धनकुटामा ५, ताप्लेजुङ, भोजपुर र इलाममा २/२, पाँचथर र तेह्रथुममा १/१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार झापाको दमकमा ५५, विर्तामोडमा २६, भद्रपुरमा २४, मेचीनगरमा ११, कनकाईमा ८, बाह्रदशी र शिवसताक्षीमा ४/४, अर्जुनधारा र हल्दिबारीमा २/२, कचनकवल, कमल गाउँपालिका, गौरादह, बुद्धशान्ति र स्थानीय तह नखुलेका १/१ जनामा संक्रमण देखिएको छ । त्यस्तै मोरङको विराटनगरमा ६३, लेटाङमा २१, पथरीशनिश्चरेमा ११, बेलबारीमा १०, कटहरीमा ७, सुन्दरहरैंचा र उर्लाबारीमा ४/४, केराबारी र बुढीगंगामा २/२, स्थानीय तह नखुलेका १, सुनसरीको धरानमा ३८, इटहरीमा १८, रामधुनीमा ६, दुहवीमा ५, बराहक्षेत्रमा ४, इनररुवा र बर्जुमा ३/३, देवानगञ्जमा २, गढी र कोशी गाउँपालिकामा १/१ जना संक्रमित भएका हुन् ।

यता, उदयपुरको त्रियुगामा १५, उदयपुरगढीमा २, स्थानीय तह नखुलको १, संखुवासभाको चैनपुरमा ५ र खाँदबारीमा १, धनकुटाको धनकुटा नगरपालिकामा ३, छथर र साँघुरीगढीमा १/१, ताप्लेजुङको फाकफोकथुम र स्थानीय तह नखुलेका १/१, भोजपुरको भोजपुर नगरपालिका र अरुणमा १/१, इलामको रोङ र चुलाचृुलीमा १/१, पाँचथरमा १, तेह्रथुमको म्याङलुङमा १ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६६ हजार ८३५ पुगेको छ । प्रदेश १ मा आज १ हजार २८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ५२८ महिला र ७५३ पुरुष छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५१ हजार ७५ पुगेको छ भने संक्रिय संक्रमित १४ हजार ६९३ छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!