मोरङको जहदाबाट पेस्तोलसहित दुई जना पक्राउ
विराटनगर । मोरङको जहदा गाउँपालिका-४ हटिया टोलबाट पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जहदा-४ का अन्दाजी १९ वर्षीय हरिकुमार महतो र आशिष मण्डल छन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार आज बिहान करिब ६ बजेतिर पेस्तोल बरामद भएको हो । दिनेश मण्डलको भुस राख्ने छाप्रो घरभित्र लुकाएर राखेको अवस्थामा पेस्तोल बरामद भएको उनको भनाइ छ ।
प्रहरीले खानतलासी गर्दा प्लाष्टिकको ब...





























