
विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका-२ यादव टोलबाट गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा देवानगञ्ज-२ का २० वर्षीय प्रकाश यादव र देवानगञ्ज-७ का १९ वर्षीय धिरज यादव छन् ।
उनीहरूलाई बुधबार राति पाँच किलो गाँजासहित पक्राउ गरिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले प्रकाशको घर खानतलासी गर्दा मकैको ढोडसहित बोरामा राखेको अवस्थामा गाँजा फेला पारेको हो ।
पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर आवश्यक अनुसन्धान सुरु गरिएको छ ।

संगालोखबर 













