धनकुटामा ट्रकले ठक्कर दिँदा वृद्धाको मृत्यु 

धनकुटामा ट्रकले ठक्कर दिँदा वृद्धाको मृत्यु 

धनकुटा । धनकुटा नगरपालिका-६ गोठगाउँमा ट्रकको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । धरानबाट हिलेतर्फ जाँदै गरेको प्र १-०२-००२ ख ००४९ नम्बरको ट्रकले ठक्कर दिँदा स्थानीय ७० वर्षीया नन्द कुमारी राईको मृत्यु भएको हो । मंगलबार राति ९ः४५ बजे पैदल हिँडिरहेकी राईलाई ट्रकले ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिएर भागेको ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट...
ताप्लेजुङमा लगाइएको निषेधाज्ञा हट्यो

ताप्लेजुङमा लगाइएको निषेधाज्ञा हट्यो

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ बजार र काफ्लेपाटी क्षेत्रमा लगाइएको निषेधाज्ञा हटाइएको छ । फागुन ११ गते बिहान पाँच बजेबाट जारी गरिएको निषेधाज्ञा मंगलबार राति ११ बजेदेखि हटाइएको हो । जिल्ला सुरक्षा समितिको सिफारिस अनुसार तीन दिनदेखि लागू गरिएको निषेधाज्ञा हटाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । ताप्लेजुङमा ‘नो केबलकार’ समूह र सुरक्षाकर्मीबी...
जमरकट्टेलहरुको राष्ट्रिय सम्मेलन फागुन १५ र १६ गते नेचामा हुने

जमरकट्टेलहरुको राष्ट्रिय सम्मेलन फागुन १५ र १६ गते नेचामा हुने

विराटनगर । सोलुखुम्बुको नेचामा जमरकट्टेलहरुको राष्ट्रिय सम्मेलन हुने भएको छ । देशभरका भारद्वाज गोत्रीय जमरकट्टेल (जमकटेल, कट्टेल, कटेल) बन्धुहरूलाई एकतावद्ध गर्न यही फागुन १५ र १६ गते राष्ट्रिय सम्मेलन गर्न लागिएको हो । जमरकट्टेल बन्धुहरूलाई एकतावद्ध गर्न विराटनगर, नेचा, झापा, काठमाडौँ लगायत स्थानमा करिब एक दर्जन बढी संस्थाहरू निर्माण भएका छन् । सम्मेलनबाट ती संस्थाहरूबीच समन्वय गरेर जमरकट्टेलह...
धरानमा प्रहरीलाई देखेर भागेको मोटरसाइकलमा गाँजा भेटियो, धनकुटाका सिवा पक्राउ

धरानमा प्रहरीलाई देखेर भागेको मोटरसाइकलमा गाँजा भेटियो, धनकुटाका सिवा पक्राउ

विराटनगर । धनकुटाबाट दुई वटा जेब्रा झोलामा गाँजा बोकेर आउँदै गरेको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान करिब ४ः३० बजे प्रहरीलाई देखेर भागेको मोटरसाइकल सेउती पुल नजिक फेला परेको हो । मोटरसाइकल नियन्त्रणमा लिएसँगै प्रहरीले एक जनालाई पक्राउ पनि गरेको छ । इलाका प्रहरी कार्यालय धरानका अनुसार तीनकुने चोकस्थित भित्री सडकखण्डमा इटहरीतर्फ आउँदै गरेको बा ८३ प २९०४ नम्बरको मोटरसाइकल चेकजाँचका...
खोटाङमा सुमो र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

खोटाङमा सुमो र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

विराटनगर । खोटाङमा सुमो र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकल चालक मदन गिरी र उनका पछाडि बस्ने लक्ष्मीप्रसाद गिरी घाइते भएका हुन् । उनीहरूको जिल्ला अस्पताल खोटाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ । आज बिहान ना १ ज ६२१९ नम्बरको सुमो र बा ९३ प १९१३ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१० पाथेकाबाट अर्खाैले जाँदै गरेको मोटर...
झापाको दमकमा ब्याक गर्दै गरेको ट्रक स्कुल बसमा ठोक्कियो 

झापाको दमकमा ब्याक गर्दै गरेको ट्रक स्कुल बसमा ठोक्कियो 

विराटनगर । झापाको दमक बसपार्क छेउमा ट्रकले स्कुल बसलाई ठक्कर दिएको छ । सडक छेउमा रोकिराखेको स्कुल बसलाई आज दिउँसो करिब १२ः३० बजेतिर ट्रकले ब्याक गर्ने क्रममा ठक्कर दिएको हो । इलाका प्रहरी कार्यालय दमकका इन्स्पेक्टर नवीन राईका अनुसार दुर्घटनामा मानवीय क्षति भएको छैन । ‘स्कुल बसमा चालक मात्रै हुनुहुन्थ्यो । उहाँ पनि सकुशल हुनुहुन्छ’, उनले संगालोखबरसँग भने, ‘ब्याक गर्ने क्रममा ट्रकले ठक्कर दिएपछि ...
मोरङको रंगेलीमा ग्यास सिलिन्डर विष्फोट

मोरङको रंगेलीमा ग्यास सिलिन्डर विष्फोट

विराटनगर । मोरङको रंगेली नगरपालिका-७ मुख्य बजार नजिकै ग्यास सिलिन्डर विष्फोट भएको छ । आज बिहानको राति करिब तीन बजेतिर प्रिमाको ग्यास सिलिन्डर विष्फोट भएको हो । विष्फोटबाट कुनै मानवीय क्षति भएको छैन । इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक सन्तोषकुमार खड्काका अनुसार सुनिलकुमार मण्डलको घरमा ग्यास विष्फोट भएको हो । ‘टिनले बेरेर सामान राख्ने ठाउँ बनाएको रहेछ’, खड्काले भने, ‘त्यहाँ अरु एकदुई...
एमाले चौबिसे गाउँपालिका कमिटीको अध्यक्षमा जीवन कटुवाल निर्वाचित

एमाले चौबिसे गाउँपालिका कमिटीको अध्यक्षमा जीवन कटुवाल निर्वाचित

धनकुटा । नेकपा एमाले चौबिसे गाउँपालिका कमिटी धनकुटाको अध्यक्षमा जीवन कटुवाल निर्वाचित भएका छन् । एमाले धनकुटाका इन्चार्ज तथा पूर्वमन्त्री राजेन्द्र राईको उपस्थितिमा फागुन १० गते भएको दोस्रो गाउँ अधिवेशनबाट कटुवाल अध्यक्षमा निर्वाचित भएका हुन् । यसैगरी उपाध्यक्षमा टंकमाया पाङ्मी मगर, सचिवमा युदिन चेम्जोङ, उपसचिवमा मदन तुम्सा र वेदकुमारी गजमेर निर्वाचित भएका छन् । अधिवेशनले ६० सदस्यीय गाउँपालि...
सङ्खुवासभाको भोटखोलामा सुख्खा पहिरो, खाँदबारी-किमाथांका सडक अवरूद्ध

सङ्खुवासभाको भोटखोलामा सुख्खा पहिरो, खाँदबारी-किमाथांका सडक अवरूद्ध

विराटनगर । सङ्खुवासभाको भोटखोलामा सुख्खा पहिरो खसेको छ । पहिरोका कारण कोशी राजमार्गअन्तर्गत खाँदबारी-किमाथांका सडक अवरुद्ध भएको छ । आज बिहान राति भोटखोलाको हटिया र हुङगुङ्गबीचको धिग डाँडाखण्डमा पहिरो झरेको हो । दुई स्थानमा ठूलो पहिरो खसेपछि सडक अवरुद्ध भएको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले बताए । ‘अहिले पहिरो हटाउने काम भइरहेको छ । ठूलो पहिरो खसेको छ दुई ठाउँमा’, अध्यक्ष भोटेले संगा...
‘सहिद भीमनारायण श्रेष्ठकी धर्मपत्नी लक्ष्मीदेवीलाई अभिनन्दन’

‘सहिद भीमनारायण श्रेष्ठकी धर्मपत्नी लक्ष्मीदेवीलाई अभिनन्दन’

धनकुटा । धनकुटाका सहिद भीमनारायण श्रेष्ठकी धर्मपत्नी लक्ष्मीदेवी श्रेष्ठलाई अभिनन्दन गरिएको छ । आइतबार छैटौँ धनकुटेली समागमले आयोजना गरेको अभिनन्दन पत्र समर्पण समारोहमा सहिद पत्नी श्रेष्ठलाई अभिनन्दन गरिएको हो । सहिद श्रेष्ठकी धर्मपत्नी लक्ष्मीदेवीलाई धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङले दोसल्ला ओढाएका थिए भने धनकुटेली समागमले अभिनन्दन पत्र प्रदान गरेको थियो । कार्यक्रममा बोल्दै नगरप्रमुख ता...
मोरङको उर्लाबारीमा एक पुरुष छिमेकीको घरमा मृत भेटिए

मोरङको उर्लाबारीमा एक पुरुष छिमेकीको घरमा मृत भेटिए

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका-९ का एक पुरुष छिमेकीको घरमा मृत फेला परेका छन् । आज बिहान स्थानीय ४९ वर्षीय नरेन्द्र लावती लिम्बु छिमेकी डिगबहादुर खड्काको घरमा मृत फेला परेका हुन् । इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार खड्काको घरभन्दा एक सय ५० मिटर दक्षिणमा लिम्बुको घर छ । प्रहरीले बिहान ६ः३० बजेतिर लिम्बु मृत भेटिएको खबर पाएको थियो । प्रहरीले कानुनी प्रक्रिया पुरा गरेर शव पोष्टमार्टम...
विराटनगर विमानस्थलबाट अमेरिकी डलरसहित एक जना पक्राउ

विराटनगर विमानस्थलबाट अमेरिकी डलरसहित एक जना पक्राउ

विराटनगर । विराटनगर विमानस्थलबाट अमेरिकी डलरसहित एक जना पक्राउ परेका छन् । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-५ का ३४ वर्षीय नौशाद अन्सारी ८१ हजार अमेरिकी डलरसहित पक्राउ परेका हुन् । शुक्रबार राति ७ बजे यती एयरलाइन्सको जहाजबाट काठमाडौं जान लागेका उनलाई चेकजाँचको क्रममा प्रहरीले पक्राउ गरेको थियो । उनले आवश्यक कागजपत्र देखाउन नसकेपछि आज आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा ब...
ताप्लेजुङका सीडीओ भन्छन् : बाहिरबाट आएका मान्छेहरूले आन्दोलन भड्काए 

ताप्लेजुङका सीडीओ भन्छन् : बाहिरबाट आएका मान्छेहरूले आन्दोलन भड्काए 

विराटनगर । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विषयमा भइरहेको आन्दोलन संयमता भन्दा बाहिर गएको प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले बताएका छन् । संगालोखबरसँगको कुराकानीमा सीडीओ शर्माले आन्दोलन भड्काइएको र अनुशासन भन्दा बाहिर गएको बताएका हुन् । उनले आन्दोलनकर्ताहरूले कानुनलाई हातमा लिन खोजेको उल्लेख गरे । ‘शनिबार साँझ आन्दोलन कर्ताहरूले राँके जुलुस निकालेर राँको प्रहरी र नागरिक...
उर्लाबारीमा मोटरसाइकलले ओभरटेक गर्दा ट्याक्टरले ठक्कर दियो, एक जनाको मृत्यु

उर्लाबारीमा मोटरसाइकलले ओभरटेक गर्दा ट्याक्टरले ठक्कर दियो, एक जनाको मृत्यु

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका-७ मा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । शनिबार पूर्व-पश्चिम राजमार्ग अन्तरगत दमकबाट उर्लाबारीतर्फ आउँदै गरेको को १ त ६७८८ नम्बरको ट्याक्टरले सोही दिशातर्फ आउँदै गरेको मे ६ प ६०७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक झापाको कमल गाउँपालिका-३ का ६२ वर्षीय धन्य प्रसाद बराल र सोही स्थानका ६५ वर्षीय तारानार...
सङ्खुवासभाको मकालुमा दक्षिणी एशियाली साहित्यिक-सांस्कृतिक महोत्सव हुँदै 

सङ्खुवासभाको मकालुमा दक्षिणी एशियाली साहित्यिक-सांस्कृतिक महोत्सव हुँदै 

विराटनगर । विश्वको पाँचौं अग्लो मकालु हिमाल आरोहणको ७० वर्ष पुगेको अवसरमा पहिलो पटक मकालु प्लाटिनम जुबिली तथा दक्षिण एशियाली साहित्यिक-सांस्कृतिक महोत्सव हुने भएको छ । सङ्खुवासभाको मकालु गाउँपालिकाको आयोजना तथा मकालु साहित्यिक समाजको संयोजनमा हुने महोत्सवमा नेपालसहित भारत, बङ्गलादेश र भुटानका स्रष्टाहरू सहभागी हुने आयोजकले जनाएको छ । फागुन १४, १५, १६ र १७ गते मकालु गाउँपालिकाको नुम बजारमा हुने...
पाथीभरामा केबलकार विवाद : स्थानीय प्रशासनद्वारा निषेधाज्ञा जारी 

पाथीभरामा केबलकार विवाद : स्थानीय प्रशासनद्वारा निषेधाज्ञा जारी 

विराटनगर । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विषयमा पुनः आन्दोलन चर्किएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले फुङलिङको बजार क्षेत्र र काफ्लेपाटीको बल्लुडाँडा क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो । आज बिहान ५ बजेदेखि लागू भएको निषेधाज्ञा अर्को आदेश जारी नभएसम्म लागू हुनेछ । बजार क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुसका कारण स्थानीय स्तरमा हुल...
इलाममा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार बाबु-छोराको मृत्यु

इलाममा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार बाबु-छोराको मृत्यु

विराटनगर । इलाममा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा बाबु-छोराको मृत्यु भएको छ । शुक्रबार साँझ रोङ गाउँपालिका-३ हाँसपोखरीमा भएको दुर्घटनामा बाबु-छोराको मृत्यु भएको हो । मेची राजमार्गमा इलामबाट झापा तर्फ जाँदै गरेको को १ ख ६४६२ नम्बरको टिपरले विपरित दिशाबाट आउँदै गरेको प्रदेश १-०३-००१ प १५८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । टिपरको ठक्करबाट मोटरसाइकल चालक सुर्याेदय नगरपालिका-६ खादी गाउँका ४०...
‘नो केबलकार’ समूहले गाडी तोडफोड गरेको विरोधमा ताप्लेजुङमा बन्द आव्हान

‘नो केबलकार’ समूहले गाडी तोडफोड गरेको विरोधमा ताप्लेजुङमा बन्द आव्हान

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा केबलकार निर्माण गर्न नहुने भन्दै आन्दोलनरत ‘नो केबलकार’ समूहले गाडी तोडफोड गरेको विरोधमा ताप्लेजुङमा बन्द आव्हान गरिएको छ । गाडी तोडफोडको विरोधमा ताप्लेजुङ पाथीभरा यातायात सेवा प्रा.लि.ले आज बन्द आव्हान गरेको हो । काफ्लेपाटीतर्फ स्वास्थ्यकर्मी लिएर जाने क्रममा बिहीबार मे १ ज २५७९ नं.को गाडीलाई नो केबलकार समूहले रोकेर तोडफोड गर्दै सवारी चालक राजकु...
पाथीभरा क्षेत्रमा झडप हुँदा १२ जना घाइते

पाथीभरा क्षेत्रमा झडप हुँदा १२ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा ‘नो केबलकार समूह’ र प्रहरीबीच झडप हुँदा १२ जना घाइते भएका छन् । आन्दोलनरत पक्ष ठूलो फेदीबाट पदयात्रा गर्दै केबलकार निर्माणस्थलमा जाँदै गर्दा प्रहरीले रोक्न खोजेपछि बिहीबार दिउँसो झडप भएको हो । झडपमा नेपाल प्रहरी र शसस्त्र प्रहरी ११ जना तथा १ जना प्रदर्शनकारी घाइते भएका छन् । आन्दोलनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरी...
ताप्लेजुङमा राजेन्द्र महतोको गर्जन : कुनै पनि हालतमा केबलकार बन्न हुँदैन

ताप्लेजुङमा राजेन्द्र महतोको गर्जन : कुनै पनि हालतमा केबलकार बन्न हुँदैन

विराटनगर । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले पाथीभरामा केबलकार बन्न नहुने बताएका छन् । आज मुक्कुमलुङ बचाउँ पदयात्रामा सहभागी हुन ताप्लेजुङ पुगेका नेता महतोले कोणसभामा बोल्दै यस्तो बताएका हुन् । ‘केबलका निर्माण गराउने योजना खारेज गर्नलाई हामीले सङ्कल्प गरेका छौं’, महतोले भने, ‘आज हामी सम्पूर्ण देशवासी, सबै सम्यता र संस्कृतिका पक्षधर, सभ्यता र संस्कृति प्रेमी, सम्पूर्ण जनता...
ताप्लेजुङमा केबलकारको विरोध गर्दै राजेन्द्र महतोको नेतृत्वमा पदयात्रा (फोटो फिचर)

ताप्लेजुङमा केबलकारको विरोध गर्दै राजेन्द्र महतोको नेतृत्वमा पदयात्रा (फोटो फिचर)

विराटनगर । ताप्लेजुङमा केबलकारको विरोध गर्दै पदयात्रा गरिएको छ । आज राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोको नेतृत्वमा पदयात्रा भएको हो । करिब तीन सय जना सहभागि पदयात्रा सम्पन्न भएको छ । पदयात्रामा महतोसहित, पूर्वमन्त्री रकम चेम्जोङ, संविधानसभा सदस्य राजकुमार नाल्वो, किराँत याक्थुङ चुम्लुङका सङ्घीय अध्यक्ष प्रेम येक्तेन, पहिचानवादी नेता खगेन्द्र माखिम, पाथीभरा केबलकार खारेजी स...
धनकुटाको छथर जोरपाटीमा घाँस काट्न गएका पुरुष मृत भेटिए

धनकुटाको छथर जोरपाटीमा घाँस काट्न गएका पुरुष मृत भेटिए

धनकुटा । धनकुटामा एक पुरुषको शव भेटिएको छ । छथरजोरपाटी गाउँपालिका–५ का ४६ वर्षीय खेमराज थापाको शव भेटिएको हो । फागुन ३ गते बिहान घरबाट घाँस काट्न भनेर हिडेका उनी नफर्कीएपछि खोजी भइरहेको थियो । आज दिँउँसो १२ बजेतिर छिमेकीले घर नजिकै रहेको बोक्रे जंगलमा घाँसको भारी बोकेकै अवस्थामा मृत भेटेपछि प्रहरीलाई खबर गरेका थिए । उनी छारे रोगका बिरामी रहेको खुलेको प्रहरीले जनाएको छ । उनको शवलाई पोष्टमार्टमक...
तीन सातापछि तुम्लिङटार विमानस्थलमा उडान

तीन सातापछि तुम्लिङटार विमानस्थलमा उडान

संखुवासभा । संखुवासभाको तुम्लिङटार विमानस्थलमा तीन सातापछि उडान भएको छ । मौसममा सुधार आएपछि आज बुद्ध एयरको ७२ सिटे जहाजले उडान भरेको हो । विमानस्थल वरिपरि बाक्लो हुस्सु लागेपछि गत माघ १४ पछि तुम्लिङटारमा उडान अवरुद्ध भएको थियो । विमानस्थलको धावनमार्ग छेउछाउका डाँडामा ढाकिएको तुवाँलो केही हटेपछि काठमाडौं-तुम्लिङटार उडान भएको हो । विमानस्थल वरिपरि कम्तीमा ५ किलोमिटर भिजिबिलिटी भएपछि उडान अनुमति ...
पाँचथरको फाल्गुनन्द-३ का वडाध्यक्ष नेम्बाङको निधन

पाँचथरको फाल्गुनन्द-३ का वडाध्यक्ष नेम्बाङको निधन

विराटनगर । पाँचथरको फाल्गुनन्द गाँउपालिका-३ का वडाध्यक्ष सुखविर नेम्बाङको निधन भएको छ । क्यान्सर रोगबाट पीडित ७४ वर्षीय नेम्वाङको आज निधन भएको हो । विभिन्न अस्पतालमा उपचार गराए पनि निको हुने सम्भावना भएपछि केही समयदेखि उनलाई घरमा नै राखिएको थियो । २०७४ साल र २०७९ सालको स्थानीय तह निर्वाचनबाट उनी वडाध्यक्षमा निर्वाचित भएका थिए । उनका श्रीमती र दुई छोरी रहेका छन् । आजनै उनको पौवासारतापमा अन्तिम ...
सुनसरीको कोशी गाउँपालिकामा बर्डफ्लु पुष्टि 

सुनसरीको कोशी गाउँपालिकामा बर्डफ्लु पुष्टि 

विराटनगर । सुनसरीको कोशी गाउँपालिका-६ को एक कृषि फार्ममा बर्डफ्लु पुष्टि भएको छ । सप्तकोसी कृषि फार्ममा बर्डफ्लु रोग पुष्टि भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको हो । बर्डफ्लु पुष्टि भएसँगै मन्त्रालयले कृषि फार्मलाई केन्द्र बिन्दु मानी चार किल्ला तोकेर नियन्त्रण गर्न सुनसरीका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाएको छ । मन्त्रालयले सप्तकोसी फार्मबाट पूर्वतर्फ ५० मिटरको दूरीमा रहेको कच्ची...
‘ताप्लेजुङवासीको एउटै स्वर : पाथीभरामा केबलकार बन्नुपर्छ’

‘ताप्लेजुङवासीको एउटै स्वर : पाथीभरामा केबलकार बन्नुपर्छ’

ताप्लेजुङ । पाथीभरामा केबलकार बनाउन हुँदैन भनेर विरोध भइरहेका बेला ताप्लेजुङवासी बनाउनुपर्ने पक्षमा उभिएका छन् । जिल्लाको हकहितसँग जोडिएको विषय भएकाले छिटै केबलकार निर्माणको काम सक्नुपर्ने उनीहरूले बताएका हुन् । आज सदरमुकाम फुङलिङमा सद्भाव र्‍याली निकाल्दै जिल्लावासीले एकै स्वरमा केबलकार बनाउनुपर्नेमा जोड दिए । उनीहरूले ‘ताप्लेजुङले के भन्छ, केबलकार ल्याउ भन्छ’, ‘स्थानीय जनता के भन्छन्, केबलकार...
कोशीका तीन जिल्लाबाट लागूऔषधसहित तीन जना पक्राउ 

कोशीका तीन जिल्लाबाट लागूऔषधसहित तीन जना पक्राउ 

विराटनगर । कोशी प्रदेशका तीन जिल्लाबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । मोरङ, सुनसरी र उदयपुरका विभिन्न स्थानबाट उनीहरूलाई प्रतिबन्धित लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो । इलका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरी टोलीले मोरङको मिक्लाजुङ-७ का २० वर्षीय मनिष राईलाई पक्राउ गरेको छ । उनको घर खानतलासी गर्दा प्रहरीले ट्रामाडोल-९६, स्पास्टिन दुई सय ३८ क्याप्सुल र नाइट्रेजेपाम-४ ट्याबले...
भारतमा मृत फेला परेकी प्रकृति लम्साललाई न्याय माग्दै विराटनगरमा प्रदर्शन 

भारतमा मृत फेला परेकी प्रकृति लम्साललाई न्याय माग्दै विराटनगरमा प्रदर्शन 

विराटनगर । भारतमा शङ्कास्पद अवस्थामा मृत फेला परेकी नेपाली छात्रा प्रकृति लम्साललाई न्याय दिनुपर्ने माग गर्दै विराटनगरमा प्रदर्शन भएको छ । आज बिहान विराटनगरका विभिन्न स्थानमा विद्यार्थीहरूले प्रदर्शन गर्दै न्यायको माग गरेका हुन् । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसबाट सुरु भएको प्रदर्शन रोडशेष चोकसम्म पुगेको थियो । प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूले भारतीय नम्बर प्लेटका सवारीसाधनलाई अवरोधसमे...
विराटनगरमा मोटरसाइकलले सिटी सफारीलाई ठक्कर दिँदा चार जना घाइते

विराटनगरमा मोटरसाइकलले सिटी सफारीलाई ठक्कर दिँदा चार जना घाइते

विराटनगर । विराटनगर-१० सोमबारेमा मोटरसाइकलले सिटी सफारीलाई ठक्कर दिँदा चार जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । सोमबार कोशी लोकमार्गमा पूर्वबाट पश्चिमतर्फ बाटो क्रस गर्दै गरेको विराटनगर १ ह ००११ नम्बरको सिटी सफारीलाई उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र १-०२-०५२ प ३१७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । दुर्घटनामा विराटनगर-१५ की ६० वर्षीया फूलोदेव...
दुहबीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएकी महिलाको मृत्यु

दुहबीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएकी महिलाको मृत्यु

विराटनगर । सुनसरीको दुहबीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएकी महिलाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी इटहरी-५ की ५० वर्षीया श्रीमाया बुढाथोकीको उपचारका क्रममा विराट मेडिकल कलेजमा मृत्यु भएको हो । सोमबार दिउँसो १२ बजेतिर कोशी लोकमार्ग अन्तरगत दुहबी-८ स्थित हुलास फ्याक्ट्री अगाडि दुर्घटना भएको थियो । विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ७०२३ नम्बरको बसले विपरीत दिशाबाट आउँ...
भूमिसम्बन्धी समस्या तीन वर्षभित्रमा समाधान हुनुपर्छ : मुख्यमन्त्री कार्की

भूमिसम्बन्धी समस्या तीन वर्षभित्रमा समाधान हुनुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भूमि सम्बन्धी समस्या समाधान आयोगले तीन वर्षभित्रमा सबै कार्यभार पूरा गर्नुपर्ने बताएका छन् । आज विराटनगरमा भूमि समस्या समाधान आयोगको प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । उनले तीन वर्षभित्रमा समस्या समाधान नगरे मुलुकमा विकराल समस्या आइपर्ने उल्लेख गरे । मुख्यमन्त्री कार्कीले भूमि सम्बन्धी ...
error: Content is protected !!