संगालोखबर
सांकेतिक तस्वीर

धनकुटा । धनकुटा नगरपालिका-६ स्थित औद्योगिक क्षेत्रबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटा नगरपालिका-६ गोठगाउँका तिलक भुजेल र मौसम राई छन् ।

लागूऔषध कारोबार भइरहेको भन्ने विषेश सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजन कार्कीका अनुसार भुजेलले बोकेको झोलाबाट विभिन्न किसिमका लागूऔषध बरामद भएको छ ।

Advertisement

पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखिएको छ । उनीहरूका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!