विराट गोल्डकप: दिल्लीलाई हराउँदै एपीएफको विजयी सुरुवात
विराटनगर । विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) विराट गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको छ । विराटनगरको सहिद रङ्गशालामा मङ्गलबार राती भएको खेलमा भारतको सुदेभा दिल्ली फुटबल क्बललाई टाइबेकरमा ५-३ गोलले हराउँदै एपीएफ क्वाटरफाइनल पुगेको हो ।
निर्धारित समयमा गोलरहित बराबरी भएपछि जितको छिनोफानो टाइबेकरबाट गरिएको हो । टाइब्रेकरमा एपीएफको तर्फबाट सुमन श्रेष्ठ, दिपेश धिमाल, मणि कुमार लामा, सविन गुरुङ ...






















