दुहबीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएकी महिलाको मृत्यु
विराटनगर । सुनसरीको दुहबीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएकी महिलाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी इटहरी-५ की ५० वर्षीया श्रीमाया बुढाथोकीको उपचारका क्रममा विराट मेडिकल कलेजमा मृत्यु भएको हो ।
सोमबार दिउँसो १२ बजेतिर कोशी लोकमार्ग अन्तरगत दुहबी-८ स्थित हुलास फ्याक्ट्री अगाडि दुर्घटना भएको थियो । विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ७०२३ नम्बरको बसले विपरीत दिशाबाट आउँ...

























