धनकुटाको आयुर्वेद स्वास्थ्य केन्द्रबाट २३ हजार बढीलाई सेवा
धनकुटा । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटामा २३ हजार बढीले सेवा लिइएका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा २३ हजार ६ सय ७० जनाले विभिन्न सेवा लिएका हुन् ।
आयुर्वेद स्वास्थ्य केन्द्रका अनुसार २५० जनाले योग अभ्यास, २६० जनाले चिकित्सक शिविर, ३ हजार १२३ जनाले ओपिडी सेवा र २ हजार ५०२ जनाले पूर्वकर्म सेवा लिएका छन् ।
यस्तै ८२ जनाले पञ्चकर्म सेवा, ५२६ जनाले उपक्रम सेवा, १०१ जनाले जेष्ठ नागरिक सेवा...































