धनकुटामा ११ प्रतिशत रोपाइँ
धनकुटा । धनकुटामा हालसम्म धानखेती हुने कुल जमिनको ११ प्रतिशत रोपाइँ भएको छ । मध्य असार भइसक्दा पनि पर्याप्त वर्षा नहुँदा कम रोपाइँ भएको हो ।
कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार धनकुटामा ४ हजार ९ सय ३८ दशमलब ८९ हेक्टर क्षेत्रफलमा धान हुने खेती हुनेगरेको छ । जसमध्ये हालसम्म ११ प्रतिशत अर्थात् ५ सय ४३ दशमलव २७ हेक्टरमा मात्रै रोपाइँ भएको छ ।
जिल्लाका अधिकांश स्थानमा सिँचाइ राम्रो प्रबन्ध नहुँदा आक...





























