अरूण तेस्रो जलविद्युत् आयोजनाका पीडितप्रति आयोगको चासो
संखुवासभा । निर्माणको क्रममा रहेको ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाका मुआब्जा पीडितप्रति राष्ट्रिय मानव अधिकार आयोगले चासो देखाएको छ । पीडितले उजुरी दिएपछि आयोगले यसमा चासो देखाएको हो । पीडितले आयोगमा ३ महिनाअघि उजुरी दिएका थिए ।
यस क्रममा आयोगको टोलीले स्थलगत रुपमा बुझ्ने काम पनि सुरु गरेको छ । आयोगका सदस्य मनोज दुवाडी सहितको टोलीले आइतबार अरुण तेस्रो आयोजनाको पावरहाउस स्थलस...





























