संगालोखबर


धनकुटा । निर्माण व्यवसायी सङ्घ धनकुटाले पहिरोमा ज्यान गुमाएका परिवारलाई सहयोग गरेको छ । पाख्रिबास नगरपालिकामा –५ मा पहिरोले ज्यान गुमाएका परिवारलाई सङ्घले आर्थिक सहयोग गरेको हो ।

गत असोज १२ गते गुराँसे डाडाँमा घर माथिबाट पहिरो झर्दा लक्ष्मीशोभा तामाङ र उनकी छोरी आशा तामाङको मृत्यु भएको थियो । सोही परिवारलाई राहत स्वरुप २० हजार सहयोग गरेको नेपाल निर्माण व्यवसायी सङ्घ धनकुटाका अध्यक्ष प्रकाश थुलुङ राईले बताए ।

Advertisement

धनकुटामा पहिरोमा परेर २ जनाले ज्यान गुमाएका छन् भने अन्य ठूलो क्षति भएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!