संगालोखबर

विराटनगर । विराटनगर महानगरपालिका भित्र अधिकांश माछामासु पसल मापदण्ड विपरित सञ्चालनमा रहेका पाइएको छ । महानगरपालिकाले चाडपर्व लक्षित आज गरेको अनुगमनका क्रममा यस्तो पाइएको हो ।

Advertisement

अनुगमन टोलीले मासुको शुद्धता, पसलको दर्ता तथा नवीकरण, सरसफाइ, ढकतराजु लगायतको अवस्था नियालेको थियो । सो क्रममा अधिकांश पसलले सरसफाइ कार्ड नलिएको, मूल्यसूची नराखेको, ढक तराजुमा कैफियत र पसलभित्रको सरसफाइमा कमजोरी भेटिएको अनुगमन टोलीमा संलग्न हिरालाल यादवले बताए ।

निर्देशिका विपरीत सञ्चालित माछामासु पसललाई सात दिनभित्र सुधार गर्न निर्देशन दिएको यादवले जानकारी दिए । उनले भने, ‘तोकिएको समय भित्र सुधार नगरेको खण्डमा आवश्यक कारबाही गर्नेछौँ ।’

अनुगमनलाई महानगर क्षेत्रभित्र प्रभावकारी बनाइने कृषि तथा पशुपक्षी शाखा प्रमुख शुभनारायण यादवले बताए । विराटनगर क्षेत्रभित्र सञ्चालित करिब तीन सय माछामासु पसल मध्ये ५० प्रतिशत हाराहारीमा मात्रै दर्ता भएका यादवले जानकारी दिए ।

महानगरले प्रत्येक वर्ष चाडपर्व लक्षित अनुगमन गरेपनि मापदण्ड विपरित सञ्चालनमा रहेका पसललाई कानुनको दायरामा ल्याउन सकेको छैन । महानगरको बजार व्यवस्थापन तथा अनुगमन ऐन २०८० ले पनि धेरै कुरालाई समेटेको छ ।

तर महानगरले यसको कार्यान्वयनमा ध्यान नदिँदा माछामासु पसल नियमविपरीत सञ्चालन भइरहेका छन् । महानगरको चाडपर्व लक्षित अनुगमनले मात्र उपभोक्ताले स्वच्छ मासु उपभोग गर्न नपाउने स्थानीय बताउँछन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!