संगालोखबर


विराटनगर । धनकुटा नगरपालिका-९ मुलघाट नजिक माइक्रोबस दुर्घटनामा घाइते भएकाहरूको पहिचान खुलेको छ । दुर्घटनामा तेह्रथुम छथर गाउँपालिका-५ ओख्रेका २५ वर्षीय रबिन तामाङ र सोही ठाउँका ४४ वर्षीया रोमा ठकुरी घाइते भएका छन् ।

तामाङको हात र पाखुरामा र ठकुरीको हात र कुममा चोट लागेको छ । उनीहरूको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचार भइरहेको छ ।

Advertisement

आज बिहान तेह्रथुमबाट धरान आउँदै गरेको प्रदेश नं. १-०२-००१ ज ४५३५ नम्बरको विद्युतीय माइक्रोबस दुर्घटना भएको थियो । माइक्रो आफैँ अनियन्त्रित भएर सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।

माइक्रो चालक तेह्रथुमको छथर गाउँपालिका-५ का ४५ वर्षीय उदयदिप सुब्बालाई प्रहरी चौकी मूलघाटले नियन्त्रणमा लिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!