संगालोखबर


धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-४ स्थित हिले–खोकु सडक खण्डमा पिकअपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक विश्व खड्काका अनुसार स्थानीय टाइजन विश्वकर्माको मृत्यु भएको हो ।

गएराति खोकुतर्फ जाँदै गरेको को १ ज ३११८ नम्बरको पिकअपले विश्वकर्मालाई ठक्कर दिएको थियो । पिकअपको ठक्करबाट विश्वकर्माको घटनास्थलमै मृत्यु भएको खड्काले जानकारी दिए । पिकअप चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उनले बताए ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!