संगालोखबर


सुनसरी । सुनसरीबाट नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हरिनगर गाउँपालिका-७ का ३१ वर्षीय हजरुल खातुनको घरबाट एक हजार दरका ५० वटा नक्कली नोट बरामद गरेको प्रहरीले जनाएको छ ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय देवानगन्ज र प्रहरी चौकी घुस्कीबाट खटिएको प्रहरी टोलीले खातुनलाई नक्कली नोटसहित पक्राउ गरेको हो ।

Advertisement

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार एक हजार दरका ५० थान नेपाली रुपैयाँ, लागूऔषध नाइट्रोजन ट्याब्लेट १० थान र एक थान मोबाइलसहित खातुनलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका खातुनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर थप अनुसन्धान भइरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!