संगालोखबर
फाइल तस्बिर

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ मा पहिरो झर्दा धरान-धनकुटा सडक अवरुद्ध भएको छ । आज दिउँसो झरेको पहिरोका कारण सवारी आवत-जावतमा समस्या भएको छ ।

अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक विश्व खड्काले संगालोखबरलाई जानकारी दिए । साना सवारी साधन एकतर्फी सञ्चालन भइरहे पनि ठूला सवारी आवत-जावतमा समस्या भएको खड्काले बताए ।

Advertisement

प्रहरी निरीक्षक खड्काले अबको एक घण्टामा सडक पूर्णरूपमा सुचारु हुने जानकारी दिए । उनले संगालोखबरसँग भने, ‘अहिले जेसिवीले पहिरो हटाउने काम भइरहेको छ । एक घण्टाभित्रमा सहज रूपमा सवारी आवत-जावत हुन्छ ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!