संगालोखबर


विराटनगर मोरङको रङ्गेली नगरपालिका-१ पोखरी टोलमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आज दिउँसो भित्री सडक खण्डमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालक धनपालथान गाउँपालिका-१ का ४६ वर्षीय राम बहादुर माझीको मृत्यु भएको हो । 

प्र १-०४-००१ त १००४ नम्वरको ट्याकटरले को ६ प ६५४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा पैदलयात्री धनपालथान गाउँपालिका-६ का ४५ वर्षीय सिटुरु ऋषिदेव र माझीकी श्रीमती ३६ वर्षीया मंगली चौधरी घाइते भएका थिए । 

Advertisement

तीनै जना घाइतेलाई उपचारका लागि गोल्डेन अस्पताल ल्याइएकोमा माझीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर र चालक धनपालथान-४ का २० वर्षीय रबिन मण्डललाई इलाका प्रहरी कार्यालय रङ्गेलीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । 
 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!