धनकुटा । धनकुटा नगरपालिका-९ मुलघाट नजिक माइक्रोबस दुर्घटना भएको छ । तेह्रथुमबाट धरान जाँदै गरेको प्रदेश नं.१ ०२ ००१ ज ४५३५ नम्बरको विद्युतीय माइक्रोबस आज बिहान करिब १०ः३० बजे मुलघाट मास्तिर चारगोलाइमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी दुई जना घाइते भएका छन् । उनीहरूको पहिचान खुल्न बाँकी छ । घाइतेहरूलाई उद्धार गरेर उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको धनकुटाका प्रहरी निरीक्षक विष्णु खड्काले जानकारी दिए ।
‘गाडीमा एक जना पुरुष र एक जना महिला गरी दुई जना मात्र सवार हुनुहुँदो रहेछ,’ प्रहरी निरीक्षक खड्काले संगालोखबरसँग भने, ‘मान्छे धेरै नभएकाले पनि मानवीय क्षति कम भयो ।’
दुर्घटनाको यकिन कारण खुलेको छैन । माइक्रो अनियन्त्रित भएर सडकमा पल्टिएको छ ।