सुनसरीमा दुर्घटनामा परेको मोटरसाइकलबाट गाँजा बरामद, दुई जना पक्राउ
सुनसरी । सुनसरीको रामधुनी नगरपालिका-१ मा दुर्घटनामा परेको मोटरसाइकलका घाइतेलाई उद्धार गर्न गएको प्रहरीले गाँजा बरामद गरेको छ । सोमबार राति करिब ९ बजे मोटरसाइकल दुर्घटना भएको खबर पाउने बित्तिकै खटिएको प्रहरी टोलीले घाइतेको उद्धारसँगै गाँजा बरामद गरेको हो ।
प्रहरीले दुर्घटनामा सामान्य घाइते भएका मोटरसाइकल चालक सुनसरीको कोशी गाउँपालिका-६ का १९ वर्षीय उदय मुखिया र पछाडि सवार सोही स्थानका १९ वर्षीय ...






























