संगालोखबर


सुनसरी । सुनसरीको गढी गाउँपालिका–६मा भएको वडाध्यक्ष पदको उपनिर्वाचनमा काँग्रेसका उम्मेदवार तेतर साहले अग्रता कायम गरेका छन् । उनले पछिल्लो मत परिणाम अनुसार ३७६ मत प्राप्त गरेका छन् ।

एमालेका उम्मेदवार शन्तु उरावले ३६० मत प्राप्त गरेका छन् । यसैगरी माओवादी केन्द्रका कुशेश्वर खेरवारले ३५३ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कविता कुमारी उरावले ४९ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शशि कुमार साहुले १८ मत पाएका छन् ।

Advertisement

जनमत पार्टीका सिताराम यादवले १४, समावेशी समाजवादी पार्टी नेपालका योग नारायण रिषिदेवले ९ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजो देवी रिषिदेवले ७ मत पाएकी छिन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका बच्चालाल अरगरिया यादवले ५ तथा स्वतन्त्रका राम नारायण यादव र श्यामदेव महतोले एकएक मत प्राप्त गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!