संगालोखबर
सांकेतिक तस्वीर


सुनसरी । सुनसरीको विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषधसहित सात जना पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । 

कोशी गाउँपालिका-१ छोटी भन्सार कार्यालय अगाडिबाट भोक्राहा नरसिंह गाउँपलालिका-२ का १९ वर्षीय साजन सदा एक ग्राम ९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् । 

Advertisement

बराहक्षेत्र नगरपालिका-९ का २२ वर्षीय शिव चन्द्रवंशी र २० वर्षीय अभिषेक चन्द्रवंशीलाई दुई ग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ । यस्तै भारतबाट नेपाल तर्फ आउँदै गरको को १४ प १९१७ नम्बरको मोटरसाइकलमा सवार भोक्राहा नरसिंह-५ का १९ बर्षीय नजाम मन्सुरी पक्राउ परेका छन् । उनको साथबाट ८३ मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ । 

यसैगरी प्रदेश १-०१-०१३ प ७६१५ नम्बरको  मोटरसाइकलमा सवार सुनसरी इटहरी उपमहानगरपालिका का ४० वर्षीय अमित गुरुङ र पछाडि सवार ४० वर्षीय हुकुम राई पक्राउ परेका छन् । उनीहरूको साथबाट एक ग्राम ६ मिलिग्राम ब्राउन सुगर बरामद भएको छ । 

उता इलाका प्रहरी कार्यालय चतराले लागूऔषध ट्रामाडोल २६ क्याप्सुलसहित बराहक्षेत्र नगरपालिका-२ का ३३ वर्षीय पवन राईलाई नियन्त्रणमा लिएको छ । प्रतिबन्धित लागूऔषधसहित पक्राउ परेका उनीहरूको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!