संगालोखबर


धरान । इलाका प्रहरी कार्यालय धरानले चाडवाडलाई लक्षित गर्दै चेकजाँचमा कडाइ गरेको छ । लागूऔषध, विस्फोटक पदार्थलगायतको ओसारपसार रोकथाम गर्ने उद्देश्यले तालिम प्राप्त कुकुरसहित चेकजाँचमा कडाइ गरेको हो ।

Advertisement

कोशी लोकमार्गमा गुड्ने सबै प्रकारका गाडी र शङ्कास्पद यात्रुहरूलाई तालिम प्राप्त कुकुरसहित खटिएको प्रहरीको टोलीले चेकजाँच गरेको हो । कोशी प्रदेश प्रहरी कार्यालय धरान शाखाबाट तालिम प्राप्त कुकुरसहितको संयुक्त प्रहरी टोली चेकजाँचमा खटिएको छ ।

हिजो तिनकुनेमा विशेष चेकजाँच गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुको कमान्डमा चेकजाँच भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!