संगालोखबर
फाइल तस्बिर

सुनसरी । सुनसरीको बुढीखोलामा पानीको सतह बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त क्षेत्रमा अझै पानीको सतह बढ्ने सम्भावना छ । उक्त क्षेत्रमा पानीको जलसतह सतर्कता तह नजिक रहेको विभागले जनाएको छ ।

विभागले उक्त क्षेत्रका नदी तटीय क्षेत्र र डुबान हुने होचो भू-भागका स्थानीयलाई दिउँसो सम्म सतर्कता अपनाउन आग्रह गरेको छ । कोसी प्रदेशसँगै देशका विभिन्न स्थानमा आज बिहानै देखि पानी परिरहेको छ ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!