सुनसरी । सुनसरीको गढी गाउँपालिका-६ मा भएको वडाध्यक्ष पदको उपनिर्वाचनमा तीन दलको प्रतिष्पर्धा देखिएको छ । पछिल्लो मत परिणाम अनुसार काँग्रेसका उम्मेदवार तेतर साहले थोरै मतले अग्रता कायम गरेका छन् ।
उनले ४८६ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका उम्मेदवार कुशेश्वर खेरवारले ४८३ मत पाएका छन् । यस्तै नेकपा एमालेका उम्मेदवार शन्तु उरावले ४८२ मत पाएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कविता कुमारी उरावले ६० मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शशि कुमार साहुले २१ मत पाएका छन् । मत गणना जारी छ ।